जेष्ठ ४, २०८१ शुक्रबार

अप्ठ्यारो राजनीति

सम्पादकीय
स्थानीय तह निर्वाचन २०७९ को संघारमा कुनै पनिको दलभित्र शान्ति छैन । नत कसैलाई ढुक्क छ । खासमा निर्वाचनको पूर्वसन्ध्यामा पार्टीमा लामो समय काम गरेका साथीभाईले पार्टी छोड्दा मन अशान्ति नै हुन्छ । अर्कातिर, निर्वाचनमा कस्तो परिणाम आउला भन्ने कुराले ढुक्क हुन दिएको अवस्था छैन । वास्तवमा राजनीतिले न्याय, अन्याय गर्ने समय यहि हो । पार्टी राजनीति जीवनमा लामो समय काम गरेका व्यक्तिहरु निर्वाचनको सम्मुखमा पार्टी छोडेर बसेका छन् । कसैले औपचारिक रुपमा राजीनामा बुझाए त कोहि घरबाट बाहिर निस्किएका छैनन् ।

राजनीतिमा सबैलाई न्याय हुदैन भन्ने कुराको उदाहरण निर्वाचनमा देख्न र भोग्न पाइन्छ । हुनतःपछिल्लो राजनीति संस्कार काम गर्नेहरुलाई भन्दा पनि पार्टीलाई खास सहयोग गर्नेहरुलाई टिकट प्राप्त हुन्छ । यसको अर्थ सबैमा यो लागु हन्छ भन्ने होइन । पार्टी र सामाजिक जीवनमै आम नागरिकको चहाना अनुसार उम्मेद्वार बनाउनु उपयुक्त हुने रहेछ । आसन्न निर्वाचनमा कतिपय दलहरुले सामाजिक रुपमा प्रख्यात र पार्टी जीवनमा अत्यन्तै सक्रिय व्यक्ति पनि छुट्ने रहेछ ।

झापामा यस प्रकारका अनेकौं उदाहरण छन् । मुलतः ठुला पार्टीमा पनि योगदान गर्नेहरुभन्दा अन्यलाई समावेश गरेको पाइन्छ । गठबन्धनमा त यो निर्वाचनमा उम्मेद्वार छनौट प्राथमिक विषय नै हुन सकेन । किनभने, गठबन्धनलाई उम्मेद्वार भन्दा पनि भागवण्डा कति पाइने भन्ने चिन्ता थियो । यसैले राजनीतिमा निश्चित शुत्रको खाँचो छ । टिकट दिने बेला हुने वेथिती नियन्त्रणका लागि दलहरुले योग्य र सामाजिक व्यक्तिलाई उम्मेद्वार बनाउन नसक्दा समयको वर्वादी हुनेछ । त्यसको अन्तिम विकल्प भनेको फेरि मतदाता नै हो । मतदाताले अन्तिममा विवेक प्रयोग गर्ने हो भने केहि हदसम्म गलत मान्छे अवश्य रोकिनेछ ।

प्रकाशित मिति : बैशाख १९, २०७९ सोमबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]