बैशाख १७, २०८१ सोमबार

‘बिर्तामोड फेरि लालकिल्ला बन्दैछ’

बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोडको नगरप्रमुख पदको उम्मेदवार पवित्रा महतारा प्रसाईले नगरभित्र निर्माण भएका सबै जेष्ट नागरिक भवन, चौतारीहरुमा फ्रि–वाइफाई र पुस्तकालयको व्यवस्था गर्ने बताएकी छिन् ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी प्रचार अभियानका क्रममा विर्तामोड २ मा आयोजना गरिएको कोण सभालाई सम्वोधन गर्दै नगरप्रमुखको उम्मेदवार प्रसाईले यस्तो बताएका हुन् । उनले भौतिक पूर्वाधार,सडक,स्वास्थ्य,शिक्षा,कृषि,पशुपालन,पर्यटन र खेलकुद क्षेत्रको थप विकासका लागि विभिन्न योजना रहेकोले यसलाई व्यवस्थित ढंगले अघि बढ्ने बताइन् । उम्मेद्वार प्रसाईले महिला उद्यमशिलता, युवा स्वरोजगार,नगरपालिका भित्र रिङ्ग रोडको अवधारणा लगायतका दर्जनौ योजनाहरु रहेकोले फेरि पनि एमालेलाई जिताउन मतदातालाई आग्रह गरिन् ।

नेकपा एमाले विर्तामोडले सार्वजनिक गरेको प्रतिवद्वता पत्र हुवहु कार्यन्वयन गर्ने उम्मेदवार प्रसाईको प्रतिज्ञा छ । प्रसाईले सुकुम्वासी समस्या समाधानको लागि नेकपा एमालेको सरकारले आयोग गठन गरेर तथ्याङ्क संकलनको काम अघि बढाएको भएपनि परमादेश सरकार आएपछि खारेज गरिदिएको भन्दै दुख व्यक्त गरिन् । बिर्तामोड नगरपालिकाले विगत पाँच वर्षको अवधिमा ५०६ वटा विपन्न आवास निर्माण गरेर हस्तान्तरण गरिसकिएको र बाँकी रहेकाहरुलाई अब व्यवस्थापन गर्ने बताइन् ।

यस्तै कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुख पदका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौलाले प्रतिवद्वता पत्रमा सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा पुर्णरुपमा निशुल्क भनेर उल्लेख गरिएको र यसलाई कार्यान्वयन गर्ने बताए ।
अवको ५ वर्ष भित्रमा १२५ किलोमिटर सडक कालो पत्रे गर्ने, बिर्तामोड र चारपानेमा सार्वजनिक शौचालय निर्माण गर्ने समेत उनले बताएका छन् । उपप्रमुखको जिम्मेवारीमा रहने न्याय सम्पादनको काममा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि अन्याय नगर्ने उनको भनाई छ । उम्मेदवार संग्रौलाले बिर्तामोड नगरपालिका फेरि पनि कम्युष्टिहरुको लाल किल्ला हुनेमा विश्वस्त रहेको बताए ।

यस्तै वडा नम्बर २ का वडाध्यक्ष पदका उम्मेदवार किशोर पौडेलले आफ्नो वडामा उत्तरबाट आउने पानीको प्रमुख समस्या रहेकोले यसको व्यवस्थापनमा आफु जुट्ने बताए । फोहोरमैला व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण लगायतका काम गर्न आफु प्रतिवद्व रहेको बताउँदै उनले सार्वजनिक जग्गाको पहिचान गरि बजार व्यवस्थापन गर्ने समेत बताएका छन् ।
नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान जारी छ । चुनाव प्रचार प्रसार समितिका संयोजक राष्ट्रिय सभाका पूर्वसदस्य हरिचरण शिवाकोटीको नेतृत्वमा सोमबार वडा नम्बर २ को बालुवाटार, चारपाने चोक,त्रिशुली चौक,कच्चुवारी,लालमाटी,चैतुवारी लगायतका क्षेत्रमा कोण सभाको आयोजना गरिएको थियो ।

प्रकाशित मिति : बैशाख १९, २०७९ सोमबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]