बैशाख १६, २०८१ आईतबार

एमाले अध्यक्ष ओलीले आज झापाका चार स्थानमा सम्बोधन गर्दै

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली (आज) मंगलवार गृह जिल्ला झापा आउने भएका छन् । चुनावी अभियान अन्तर्गत ओली झापा आउने तय भएको हो ।

नेकपा एमाले झापाका अनुसार आज चार स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भद्रपुरको ज्ञानुचोकमा ११ बजे, हल्दिवारी १ गोल्धापमा साढे १ बजे, मेचीनगरको पासाङल्हामु हलमा ३ बजे, र बिर्तामोडमा ४ः३० बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए । उनले स्थानीय तह निर्वाचनको संघारमा कार्यकर्तालाई सम्बोधन गर्ने भएका छन् ।

प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार  ६ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]