जेष्ठ ४, २०८१ शुक्रबार

झापा जिल्ला लालकिल्ला हुने ओलीको घोषणा

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै उनले झापा लालकिला हुने घोषणा गरेका छन् ।

झापाको हल्दिबारी १ गोल्धापमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको जीत रोक्ने ल्याकत नभएको बताए । अध्यक्ष ओलीले एमाले नेतृत्वमा मात्रै बिकास सम्भव भएकोले बिकासका लागि एमालेलाई बिजयी गराउनु पर्ने बताए ।

एमाले विरुद्ध बनाइएको गठबन्धनले एमाले हराउछु भन्ने सोच नबनाए हुन्छ, अध्यक्ष ओलीले भने – दुई होस् या पाँच दल होस् , एमालेले कराककुरुक बनाईदिन्छ । उनले झापाको हल्दिबारीमा एमालेको जीत सुनिश्चित भएको भन्दै ओलीले यहाँको बिकासका लागि जिम्मेवार हुने पार्टी एमाले भएको बताए । आफू हल्दिबारी नै किन आएको हु भने यहाँको बिकासको जिम्मा लिन आएको हो, उनले भने – अध्यक्ष डम्बर गिरी,उपाध्यक्ष शान्ता गौतमसहित सबै एमालेका उम्मेदवारलाई जिताईदिन आग्रह गर्दछु ।

कार्यक्रमका प्रमुख अतिथि ओलीले हल्दिबारीको बिकास गर्न र केन्द्रबाट बिकास ल्याउन सक्ने ब्यक्ती डम्बर गिरी नै भएको बताए ।

कार्यक्रममा एमाले अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्वाङ, झापा इन्चार्ज अग्नि खरेल, अध्यक्ष पदका उम्मेदवार गिरीले सम्बोधन गरेका थिए ।

ओलीले भद्रपुर र हल्दिबारीमा सम्बोधन गरिसकेका छन् भने अब धुलाबारी र बिर्तामोड सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार  ३ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]