हाम्रो जीत निश्चित छ : गोम्देन
अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बनेका बलदेव गोम्देन तामाङले आफुहरुको जीत सुनिश्चित रहेको बताएका छन् ।
अर्जुनधाराको –२ नम्बर वडामा मंगलवार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनावी माहोल जित तिर लम्किरहेकाले आफुहरुको जीत निश्चित भएको बताएका छन् । गोम्देनले आफुहरुको जितसंगै अर्जुनधारामा विकासको लहर ल्याउने बताए ।

उनले अर्जुनधारालाई समृद्ध र नमुना नगर बनाउनकालागि एमालेको बिकल्प नरहेको दावी गरेका छन् । आफु नेतृत्वको जनप्रतिनिधिले विजयभए पश्चात हरगाउँ हरठाउँमा समान समाबेशी बिकासको योजना ल्याउने बताए ।
चुनावी अभियान अन्र्तगत अर्जुनधाराको २ नम्बर वडाका बिभिन्न स्थानमा भएका कोणसभामा उपमेयर पदकी उम्मेदवार खड्गमामा पराजुलीले पनि अर्जुनधाराको विकासकालागि नेकपा एमालेका उम्मेदवारहरुको विकल्प नरहेको बताइन् ।
चुनावी अभियानका क्रममा २ नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार तुलसी खतिवडा, सदस्य पदका उम्मेदवारहरु प्रेम उपरकोटी, शर्मिला सुब्बा, बल बहादुर समाल र विमला रोक्काले पनि जनता समक्ष आफुहरुलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराइदिन आग्रह गरेका छन् ।