बैशाख १४, २०८१ शुक्रबार

भद्रपुरमा असारुलाई जिताउनुहोस्, काम गर्ने मान्छे हो : ओली

भद्रपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देश विरोधी, संविधान विरोधी, विकास विरोधीहरु एक्लै होइन एकै भएर आए नेकपा एमाले लड्न तयार रहेको बताएका छन् ।

झापाको भद्रपुर वडा नम्बर ३ मा ज्ञानेचोकमा आयोजित झापा क्षेत्र नम्बर ३(१) प्रदेश सभा निर्वाचन क्षेत्र स्तरीय आमसभालाई सम्वोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नु भएको हो । उहाँले भन्नुभयो, ‘अहिले गठबन्धन दलका कार्यकर्ताहरु गाउँघरमा जेष्ठ नागरिकसँग आशिर्वाद माग्न जान थालेका छन् उनीहरुलाई आमा बुवाहरुले आशिर्वाद दिनुहुन्छ तिम्रो व्यापार बढोस्, कारोवार बढोस त भन्नुहुन्छ तर निर्वाचन जितेस् चाँही भन्नुहुन्न उहाँहरु चुनाव चाही एमालेले नै जितोस् भन्नुहुन्छ, तिमीहरुलाई आशिर्वाद दिन्छु तर, भोट चाही सूर्यमा हाल्छु भन्नुहुन्छ ।’

‘भद्रपुर मेरो नगर हो, मेरो घर भद्रपुरमा छ, भन्नुहुँदै एमाले अध्यक्ष ओलीले देश बनाउनु पर्छ देशको विकास गर्नुपर्छ त्यसको लागि एमाले चाहिन्छ भन्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘भद्रपुर नगरपालिकाको नेतृत्व गर्न नेकपा एमालेका अशारु राजबंशी र कौशल्या अधिकारीको नेतृत्वमा वडा अध्यक्ष र वडा सदस्यका प्रतिनिधिहरु उठाएको छ । यो टीमले भदैपुरको विकास निर्माण कसरी गर्नु पर्छ भन्नेकुरा यो प्रतिबद्धता पत्रमा लेखेको छ । यो प्रतिबद्धता पत्र चुनावमा बाँढ्नको लागि मात्रै होइन काम गर्न तयार गरिएको हो । यसमा लेखेको सबै काम यो टीमले गर्छ ।’

उहाँले भन्नुभयो, ‘अशारु राजबंशी म सँग अत्यन्त नजिकको प्रतिनिधि हो, अशारु मेरो प्रतिनिधि हो, मसँग उहाँको डाइरेक टेलिफोन, एसएमएस हुन्छ, तपाईको समस्या तत्काल समाधान हुन्छ अशारुले गर्न नसक्ने काम भए मसँग सिधा कुरा हुन्छ तपाईको समस्या समाधान हुन्छ, त्यसकारण तपाईहरुले सूर्यमा मतदान गरेर अशारुलाई जिताउनुस् ।

झापा क्षेत्र नम्बर ३(१) प्रदेश सभाका माननीय सदस्य बसन्त बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य अग्नी खरेलले नेकपा एमालेको सरकारले देश र जनताको पक्षमा धेरै काम गरेको बताउनु भएको छ । उहाँले जेष्ठ नागरिकलाई सम्मान भत्ता, मृगौलाका विमारीको निशुल्क डाइलोसिस्, स्वास्थ्य बीमा र विकास निर्माणका अभियानहरु नेकपा एमालेले शुरु गरेको चर्चा गर्नुभयो ।

भद्रपुर नगरको प्रमुख पदका प्रत्यासी अशारु राजबंशीले हामीले यसअघि गरेका कामलाई निरन्तरता दिंदै नयाँ कार्यक्रमहरु गर्नेछौं भन्नुभयो । नेता राजबंशीले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, रोजगारीको अवसर सिर्जना गर्ने पुरै योजनाका साथ आफू आएको सबै क्षेत्रका कामलाई एकैसाथ गर्ने योजनाका साथ आफूले उमेद्वारी दिएको बताउनु भयो ।

भद्रपुर नगर इन्चार्ज तथा जिल्ला कमिटी सदस्य हरि तिम्सिना, नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

भद्रपुर नगरप्रमुख तथा प्रदेश कमिटीका सदस्य जीवनकुमार श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले एमाले भद्रपुरद्वारा तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभयो ।

प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]