बैशाख १७, २०८१ सोमबार

झलनाथलाई टिकट दिएर गल्ती गरेछु : ओली

माई (इलाम) । एमाले अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाललाई गत निर्वाचनमा उम्मेद्वार बनाएर गल्ती गरेको बताएका छन् । उनले अब यस्ता गल्ती नगर्ने बताए । अवका निर्वाचनमा मतदाता पनि अलमलमा पर्न नहुने बताएका छन् ।

इलामको माइ नगरपालिकामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कार्यकर्ताले जिताएका व्यक्ति नै पार्टी सिध्याउन सक्रिय भएर लागेको अवगत गराए । उनले पार्टी सिध्याएर बाटो विराएकाहरुबाट सचेत हुन आग्रह गर्दै भुलवस बाटो विराउनेहरुलाई पनि पार्टीमा फर्किन आग्रह गरेका छन् ।

उनले एमाले सिध्यान लाग्नेहरु कांग्रेसको झम्के पुच्छर भएको आरोप लगाए । ‘कांग्रेसको जिउमा झिँगा बस्नासाथ झम्के पुच्छर हल्लिने भएको छ’ ओलीले थपे – बहुमतको लागि एकता गर्दा उल्टै पार्टी फुटाउन प्रयोग भए ।

उनले भेलालाई सम्बोधन गर्दै एमाले सिध्याउन लाग्नेहरुको पछि कसैलाई पनि नलाग्न आग्रह गरेका छन् । निर्वाचनमा सबै वर्ग, समूह र आम मतदाताको आशिर्वाद एमालेलाई भएकाले विजयी हासिल गर्न समस्या नहुने घोषणा गरे । उनले प्राप्त उपलब्धीलाई गुमाउन गठबन्धन गरेको दावी गर्दै निर्वाचनपछि एमाले सरकार बन्ने र उपलब्धीको रक्षा गर्ने बताए ।

प्रकाशित मिति : बैशाख २१, २०७९ बुधबार  ४ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]