जेष्ठ २, २०८२ बिहीबार

झुटो विवरणमा नागरिकता लिन खोज्ने चौधरीसहित दुई जना कारागार चलान

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले दुई फरार प्रतिवादीलाई सार्वजनिक गरेको छ । झुटो विवरण पेश गरी नागरिकता लिन खोज्ने र डाका मुद्धामा फरार प्रतिवादीलाई सार्वजनिक गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनीहरु दुवैलाई अदालतले कैद भुक्तानका लागि कारागार चलान गरको छ ।

झुटा विवरण पेश गरी नागरिकता लिन खोज्ने बिर्तामोड–५ का सुशान्त चौधरी भनिने सुशान्त कर्मकार र डाका मुद्धामा फरार बुद्धशान्ति गाउँपालिका – ७ का अजय तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो ।

४१ वर्षीय चौधरीलाई ३ वर्ष कैद र ३३ वर्षीय तामाङलाई ६ वर्ष कैद ३ हजार जरिवानाको फैसला सुनाइएको थियो ।
झापा जिल्ला अदालतको ०६४ भदौंको फैसला उल्टी गरी पुनराबेदन ईलामबाट भएको फैसला सर्बोच्च अदालतबाट ०६९ कार्तिकमा सदर गरी भएको फैसला बमोजिम झुटा बिबरण पेश गरी नागरिकता लिन खोजेको मुद्धामा फरार रहेका कर्मकारलाई झापा प्रहरीले बैशाख २० गते पक्राउ गरेको थियो ।

२१ गते फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएको प्रहरीको भनाई छ । अदालतको आदेशले निज प्रतिबादीहरुलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र–आदेश भएको झापा प्रहरीले जनाएको छ ।

यस्तै, झापा जिल्ला अदालतको ०६८ माघको फैसला बमोजिम डाका मुद्धामा फरार रहेका तामाङलाई फैसला कार्यन्यनको लागि झापा प्रहरीले नियन्त्रणमा बैशाख २१ गते झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको थियो ।
अदालतको आदेशले निज प्रतिबादीलाई कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र–आदेश भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार  ६ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]