बैशाख १६, २०८१ आईतबार

कसैको प्रलोभनमा नपर्न मुण्डाको आग्रह

मेचीनगर । नेकपा एमाले प्रदेश १ का सदस्य बन्धनकुमार मुण्डाले एक बोतल रक्सी र एक पिलेट मासुमा बिक्री नहुन चिया वगानका मजदुरलाई खवरदारी गरेका छन् ।

एमाले मेचीनगर–७ को घरदैलो कार्यक्रम अन्तरगत सतिघट्टाको चिया वगान चोकमा सम्बोधन गर्दै नेता मुण्डाले यस्तो कुरा बताएका हुन् । चिया वगानका मजदुर, गरिव र सर्वहारा जनताको पार्टी भनेको नै एमाले भएको बताउदै उनले कसैले पनि प्रलोभनमा पारेर अन्य पार्टीमा भोट हाल्न भन्न सक्छ, त्यसका लागि मजदुरहरु सचेत रहन आग्रह गरेका छन् ।

‘सादरी भाषालाई सूचिकृत गराउन, रोजगार दिलाउन, उच्च शिक्षा पढाउन, स्वास्थ्य वीमा लगायतका समस्याका विषयमा एमालेले ग्यारेन्टी गर्ने उनको दावी छ । एमालेको सरकार आएपछि त्यो सबै विषयहरु पुरा हुने नेता मुण्डाको भनाई छ ।

मेचीनगर–७ स्थित जोरसिमल, मोहन कित्ता, सुखरसिंह चोक, गोमनसरी, सतिघट्टा, चिया वगान, भान्सा खोला, प्यारीभिट्टा, ईटाभट्टा चोक, आयाबारी, मदन बस्तीको राधाकृष्ण मन्दिर लगायतका मतदाताले मेची खोलाको तटबन्ध, पानीको समस्या, नागरिकता, विभिन्न धार्मिक समुदायले बनाएका अलपत्र मठमन्दिरको निर्माण लगायतका समस्याहरु उम्मेद्वार र नेता तथा कार्यकताहरुलाई प्रष्टसँग राखेका थिए ।

घरदैलो कार्यकममा मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकी, उपमेयरकी उम्मेद्वार मिना पोखरेल उप्रेती, मेचीनगर ७ का वडाध्यक्ष उम्मेद्वार प्रलादमणि ओली, वडा सदस्यहरू अर्जुन कार्की, पुनलाल राजबंशी, मिनमाया सुब्बा,शान्ता दर्नाल (शिवा) रहेका छन् ।

कार्यकममा जनताले मेयरका उम्मेद्वार बुढाथोकी, उपमेयरकी उम्मेद्वार उप्रेती, वडाध्यक्षका उम्मेद्वार ओली, एमालेका केन्द्रीय सल्लाहकार सदस्य विष्णु प्रसाई, भिम खवास, झापा सहइन्चार्ज रविन कोइराला, प्रदेश सदस्य मुण्डा, प्रदेश सांसद श्रीप्रसाद मैनाली, नगर उपाध्यक्ष दिनेश राजबंशी लगायतले जनताले राखेका समस्याका बारेमा सम्बोधन गरिने बताएका थिए ।

घरदैलो अभियानको सहजकर्ताको रुपमा दिनेश राजबंशी, भरत राई, हिरामोहन राजबंशी र सञ्चालन प्रचार प्रसार समितिका संयोजक चन्द्र प्रसाईले गरेका थिए ।

प्रकाशित मिति : बैशाख २२, २०७९ बिहीबार  ६ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]