बैशाख २०, २०८१ बिहीबार

कांग्रेसको विधानले हसिया हतौडामा भोट हाल्नु भन्दैन : जगन्नाथ पौडेल

झापा । भरतपुर मेयरका विद्रोही उम्मेद्वार जगन्नाथ पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा सर्वसत्तावाद र अहंकार रहेका कारण अराजनीतिक टिप्पणी गरेको बताएका छन् । प्रचण्डले बिहीवार भरतपुरमा दिएको अभिव्यक्तिलाई लिएर उनले आफ्नो स्वार्थ पुरा गर्नलाई प्रचण्डले अहंकारपूर्ण भाषा प्रयोग गरेको टिप्पणी गरे ।

नेपाली कांग्रेसका पुराना नेता पौडेलले कांग्रेस नेतृत्वले बाटो विराएका कारण संविधान बमाजिम आफुले उम्मेद्वारी दिएको प्रतिक्रिया दिए । नेता पौडेलले भने– नेपाली कांग्रेसको विधानले हसिया हतौडामा भोट हाल्नु भनेको छैन । सधैं निष्ठा राजनीति गर्दै आएको बताउँदै उनले नेताको अराजक व्यवहारप्रति दुख व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस पद्धतिमा चल्ने पार्टी हो, विधान मान्नुपर्छ – उनले भने , बहुदलीय व्यवस्थामा गठबन्धन पनि नाजायाज हो । नाजायाज गठबन्धन गरेर थर्काउने, तर्साउने प्रवृत्तिलाई कसैले स्वीकार नगर्ने उनको भनाई छ ।
०७४ को निर्वाचनमा आफुहरुले सैद्धान्तिक रुपमा असहमति राखेको भन्दै पौडेलले अहिलेको निर्वाचनमा नेताको विधानविपरितको निर्देशन पालना हुन नसक्ने दावी गरे ।

प्रकाशित मिति : बैशाख २३, २०७९ शुक्रबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]