बैशाख २०, २०८१ बिहीबार

एमाले कनकाईद्वारा ४९ बुँदे प्रतिबद्धता सार्वजनिक

सुरुङ्गा । नेकपा एमाले कनकाईले स्थानीय चुनावका लागि जारी गरेका मुख्य कुरालाई समेटेर ४९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको संक्षिप्त प्रतिबद्धतापत्रमा कनकाई नदी, बिरिङ खोला, सन्काहा–सुरुङ्गा खोला लगायतका खहरे खोल्साहरूले गर्ने क्षतिको आङ्कलन गरेर रोकथामका लागि अहिले सम्म गरिएका प्रयत्नहरूको मूल्याङ्कन गर्दै स्थायी तटबन्धनका लागि उच्च प्राथमिकताका साथ पहल गर्ने उल्लेख छ । सुकुम्बासीहरूले जोतभोग गर्दै आएका ऐलानी पर्ति जग्गाको तथ्याङ्क सङ्कलन, नापनक्साको कार्य, प्रमाणीकरण, सूचना प्रकाशन लगायतका कार्य सकिएका छन् ।

भूमि आयोगको अनुमति प्राप्त भएमा ३ महिनामा धनीपूर्जा वितरण गरिने, मेयर आवास कार्यक्रम अन्तरगत भूमिहीन सुकुम्बासीहरूलाई बसोबास गराउन सार्वजनिक जग्गामा १९ घरहरू निर्माण गरिसकिएका छन् र थोरै जमिन भएका गरिब ४ सय घर धुरीलाई निर्माण सहयोग गरिएको छ । अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने यो कार्यलाई निरन्तरता दिइने, श्रमिकहरूलाई मालिक बनाउन श्रमिक स्वावलम्बी उद्योग स्थापनाका प्रारम्भिक कार्यहरू सकिएका छन्, यसलाई गौरवका साथ सञ्चालन गरिने, कार्यस्थलमा दुर्घटना भई घाइते भएमा रू ३ लाखसम्म र दुर्भाग्यवश मृत्यु भएमा परिवारलाई रू. १० लाख सहयोग गर्ने व्यवस्थासहित मजदुर हित कोष स्थापना गरिएको छ । यसमा सहयोग राशी बढाउने प्रबन्ध गरिने प्रतिबद्धता गरिएको छ ।

त्यस्तै, दैनिक ज्यालादारीमा गुजारा चलाउनुपर्ने नागरिकहरूको स्वास्थ्य उपचार सुनिश्चित गर्न १ हजार घर परिवारलाई निशुःल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने, लोपोन्मुख, अल्पसंख्यक तथा एकल महिलाहरूका लागि निःशुल्क कानुनी उपचार सहायता उपलब्ध गराइने, विपन्न व्यक्तिहरूको निम्ति एम्बुलेन्स तथा चिकित्सक परीक्षण सेवा निःशुल्क गरिने, नगरका प्रत्येक बस्तीमा शुद्ध खानेपानीको सुविधा पु¥याएर ‘शुद्ध पिउने पानीको कनकाई नगर’ घोषणा गरिने, नगरको अधिकांश बस्तीहरूमा विद्युतीकरण भइसकेको छ, यसलाई अझ विस्तार गरिने प्रतिबद्धतापत्रमा कबोल गरिएको छ ।

पार्टीले बुद्धिजीवी र विगतमा जनप्रतिनिधिका रूपमा अनुभव हासिल गरेका नेता र कार्यकर्तासँगको समन्वयमा तयार गरेको प्रतिबद्धतापत्रमा प्राकृतिक विपत्ति प्रभावित नागरिकहरूलाई तत्काल राहत प्रदान गरी उद्दार गर्न स्थापित मेयर विपद्कालीन कोषलाई अझ व्यवस्थित गरिने, श्रमजीवी नागरिकका मेधावी छोराछोरीहरू आर्थिक अभावका कारणले अध्ययन गर्न नसकेर भविष्यमा डाक्टर, इञ्जिनियर, अनुसन्धानकर्ता जस्ता उत्कृष्ट नागरिक गुमाउनु पर्ने स्थिति आउन नदिन त्यस्ता मेधावीहरूलाई छात्रवृत्ति प्रदान गर्न कनकाई उत्कृष्ट छात्रवृत्ति अक्षयकोष स्थापना गरिने, नागरिकहरूको स्वास्थ्य उपचारलाई सर्वसुलभ वनाउने वातावरण निर्माण गर्न दीर्घकालीन लक्ष्यसहित नागरिक उपचारकोष निर्माण गरिने, कनकाई नगरलाई शिक्षाको गन्तव्य बनाइने उल्लेख छ ।

गुणस्तर वृद्धिको लागि गरिने तालिम, प्रशिक्षण, कार्यशालामा संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरूलाई सहभागिताको समान अवसर प्रदान गरिने, खेलकुद, संगीत, नृत्य लगायतका अतिरिक्त कृयाकलापमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई समान अवसर प्रदान गरिने, विद्यालयका कक्षा कोठाहरूमा समान स्तरका बालमैत्री डेस्कबेञ्चको व्यवस्था गरिने, विद्यालयको परिचय खुल्ने सदनात्मक पोशाकको व्यवस्था गरिने, नर्सरीबाट युगानुकूल गुणस्तर स्तरोन्नति थालेर क्रमशः माथिसम्म पु¥याइने, विद्यालयमा समान ढंगले अतिरिक्त कृयाकलाप सञ्चालन गर्न घुम्ती प्रशिक्षकको व्यवस्था गरिने उल्लेख गरिएको छ ।

त्यसै गरी, निरन्तर प्रशिक्षण र मूल्याङ्कनको आधारमा प्रत्येक वर्ष नृत्य, गायन, कलाकारिता, वक्तृत्व, साहित्य सिर्जना इत्यादि विधामा रियालिटी सो मार्फत कनकाईका उत्कृष्ट ५ प्रतिभा छनौट गरेर विद्यार्थीहरूलाई आफ्नो विशिष्ट प्रतिभा पहिचान गर्ने कार्यक्रम सञ्चालन गरिने, अंग्रेजी, नेपाली, गणित, सामाजिक अध्ययन र विज्ञान तथा प्रविधि पाँच आधारभूत विषयमा शिक्षा समिति मातहत प्रति समिति ५ सदस्यीय पाँच विषय समितिहरू निर्माण गरिने, समितिहरूले छलफल, अध्ययन र अनुसन्धानका आधारमा नगरभरि कक्षा शिक्षण, शैक्षिक सामग्रीको प्रयोग, परीक्षा र मूल्याङ्कनलाई स्तरीय बनाउँदै सबै विद्यालयको शैक्षिक गुणस्तर समान ढंगले विकास गर्न नेतृत्व गर्ने छन् ।

प्रतिबद्धतापत्रमा स्थानीय विषय विज्ञहरू निर्माण गर्ने वातावरण निर्माण गरिने, शिक्षण सेवालाई समाजमा मर्यादित बनाउन र समाज रूपान्तरणमा उहाँहरूको भूमिका स्थापित गर्न वर्षमा एक दिन शिक्षक मिलन समारोह सञ्चालन गरिने, माध्यमिक र कलेज स्तरका विद्यार्थीहरूको रूची अनुसार ‘कमाउदै पढ्दै’ कार्यक्रम शुरु गरिने, कनकाई माध्यमिक विद्यालयमा सञ्चालित कक्षा ११–१२ को विज्ञान विषयलाई विद्यार्थीको आकर्षण बनाउन आवश्यक पहल गरिने, कनकाई क्याम्पसमा स्नातक तहमा विज्ञान सञ्चालन गर्ने वातावरण निर्माण गरिने, कनकाई पोलिटेक्निक प्राविधिक शिक्षालयलाई स्तरोन्नति गर्दै इञ्जिनियरिङ कलेजमा विकसित गरिने र स्थानीय आवश्यकतालाई मध्यनजर गरेर आधारभूत विद्यालयलाई माध्यमिक विद्यालयमा विकसित गर्ने नीति लिइने वाचा गरिएको छ ।

कनकाई नगरका जातजाति, भाषाभाषी, कला–संस्कृति, धर्म, कृषि, उद्योग, व्यवसाय, संघसंस्था, मनोरञ्जन, पर्यटन, प्राकृतिक सम्पदा, वातारवरण इत्यादि विषयमा कनकाई नगरको सम्पूर्ण पक्ष समेटिने र परिचय खुल्ने गरी स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण तथा समयानुकुल परिमार्जन गरी लागु गरिने, कनकाई निवासी सेवा निवृत्त शिक्षकहरूको ज्ञान, सीप, अनुभव र परिकल्पनालाई लिपिबद्ध गरिनेछ र यसलाई शैक्षिक अग्रगमनको जगको रुपमा ग्रहण गरिने प्रतिज्ञापत्रमा उल्लेख छ । स्थानीय उद्योगी, व्यवसायी, सामाजिक संघ–संस्था, राजनीतिक व्यक्तित्वहरू एवम् दलहरूको साझा प्रयत्नले सफल बनेको बन्द निषेधित शान्तिक्षेत्रको परिचयलाई कनकाई नगरको गौरवको विषयको रूपमा संस्थागत गरिने, नगरका विशिष्ट कला, सीप क्षमताका नागरिकद्वारा युवा विद्यार्थीहरूलाई अभिप्रेरित गर्न ‘विशिष्ट नागरिकहरू विद्यालयतर्फ’ कार्यक्रम सञ्चालन गरिने, विद्यालयलाई ज्येष्ठ नागरिकहरूको अगुवाइमा संस्कृति हस्तान्तरणको केन्द्र बनाइनेछ ।

नगरमा स्थापित र सञ्चालित मनोरञ्जन स्थल, पार्क, उद्योग, कृषि, वन, सांस्कृतिक महत्वका स्थानहरूमा विद्यार्थीहरूलाई भ्रमणमा लगेर र उनीहरूमार्फत प्रचार प्रसार गराएर समाजमा आन्तरिक पर्यटनको संस्कार विकास गर्न ‘विद्यालयहरू आन्तरिक पर्यटनको विकासमा’ कार्यक्रम सञ्चालन गरिने, लामो दुरी पैदल यात्रा गरेर विद्यालय आउने जाने छात्राहरूलाई सुविधा प्रदान गर्न विद्यालयहरूलाई साइकल उपलब्ध गराइने, प्रत्येक विद्यालयको एक विशिष्ट पहिचान स्थापित हुने गरी ‘एक विद्यालय एक प्राविधिक शिक्षा’ सञ्चालन गर्न पूर्वाधार तयार गरिने, विद्यालय नजाने बालबालिकाहरूको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई विद्यालय जाने वातावरण निर्माण गरिने र ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ताको निम्ति बैंक खाता सञ्चालन गर्न सक्ने बनाउन साक्षरता अभियान सञ्चालन गरिने प्रतिबद्धता गरिएको छ ।

नगरपालिकाले २५ सय भन्दा बढी स्मार्ट लाइटको व्यवस्था गरेको र ४ ठाउँमा मार्ट्स् लाइट जडान प्रकृया शुरु गरेको र यसलाई यथाशीघ्र पुरा गरेर कनकाई नगरलाई उज्यालो नगरी घोषणा गरिएको छ । निर्माणाधिन कनकाई नगर अस्पतालमा विशेषज्ञ चिकित्सकहरूले बिरामीको सेवा गर्ने सुविधा प्रदान गरिने, सबै प्रकारको परीक्षण सम्भव हुने गरी आधुनिक प्रयोगशाला निर्माण गरिने, वडाका आधारभूत स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाइने, गर्भवती महिला र गर्भको बच्चाको स्वास्थ्य सुरक्षामा ध्यान पु¥याइनेछ ।

सुरक्षित बर्थ सेन्टरको निर्माण गरिनेछ । नवजात शिशुको स्वास्थ्यको ख्याल गर्दै ‘उपमेयर सुत्केरी पोषण कार्यक्रम’ लाई परिष्कार सहित निरन्तरता दिइनेछ । नगर अस्पतालमा स्थापित अक्सिजन प्लान्ट, सर्पदंश उपचार केन्द्र र पि सि आर परीक्षण प्रयोगशालालाई अझ उन्नत र प्रभावकारी बनाउन प्रयत्न गरिनेछ । आर्थिक अभावका कारणले रोग पहिचान गर्न नसकी पीडा सहेर जिउन विवश नागरिकहरूको समस्यालाई मध्यनजर गरेर निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिनेछ ।

फोहोर सङ्कलन गरेर गाउँबस्ती शहरलाई सफा राख्ने, सड्ने गल्ने फोहोरबाट मल बनाएर करेसाबारी तथा कौसी खेती गर्ने, ग्यास उत्पादन गरेर वितरण गर्ने र फोहोरलाई मोहर बनाउने कार्यलाई प्राथमिकतामा राखिनेछ । कृषकहरूलाई आवश्यक पर्ने मल, बीउ, किटनाशक औषधि उपलब्ध गराउने सर्वसुलभ र प्रभावकारी व्यवस्था गरिनेछ । सिचाइँलाई व्यवस्थित गरिनेछ, भूमिगत सिचाइँ सुविधा उपलब्ध गराइनेछ । शीतभण्डार तथा चिस्यान केन्द्रहरू विस्तार गरिनेछ । कृषि बजार व्यवस्थित गरिनेछ । कृषि, उद्योग र पर्यटन समेत समावेश हुने गरी कनकाई बहुउद्देश्यीय परियोजना निर्माण गरेर कार्यान्वयनको आधार तयार गरिनेछ । वन क्षेत्र नजिकका किसानहरूलाई बाख्रा, मौरी लगायतका पशुपालनका निम्ति प्रेरित गरिनेछ ।

सानहरूको रूचिलाई समेत ध्यान दिएर माछा, कुखुरा, तरकारी, अन्न खेती इत्यादिमा प्रशिक्षण गरेर विशेषज्ञको सुविधा प्रदान गर्दै व्यावसायिक खेती गर्न प्रेरित गरिनेछ । अग्र्यानिक खेतीलाई विशेष प्राथमिकता दिइनेछ । धनुषकोटीधाम र कोटिहोम क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रूपमा विकास गरिनेछ । धनुषकोटीधाममा संस्कृत विद्यालय सञ्चालन गरिनेछ । कनकाई नदीको पूर्वी तटबन्धन गरी यी दुई क्षेत्र जोड्ने सडक निर्माण गर्ने र सडक पूर्वको वनक्षेत्रमा उद्यान लगायतका आकर्षक, प्राकृतिक, मनमोहक डिजाइन गरेर पर्यटन वन बनाउने लक्ष्य राखिनेछ । कोटीहोम लगायतका धार्मिक पर्यटकीय स्थल आसपास बसोबास गर्ने नागरिकहरूलाई विस्थापित नगरी भूमि व्यवस्था ऐन आठौँ संशोधनसँग नबाझिनेगरी स्थानीय ऐन या कार्यविधि निर्माण गरी उचित व्यवस्था गरिनेछ ।

कृषि पेशालाई उत्साहित गर्न स्थानीय उत्पादनलाई संलग्न गरेर कृषि ¥याली, कृषि प्रदर्शनी गरेर प्रतिवर्ष कृषि दिवस मनाइनेछ । सुकेडाँगी, जामुनाबारी, प्रजापति सामुदायिक वनक्षेत्रमा जडीबुटी उत्पादन गर्ने र उपयुक्त स्थानमा जडीबुटी प्रशोधन केन्द्र निर्माण गर्ने सम्भाव्यता अध्ययन गरिनेछ । जामुनखाडी सिमसार क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर यसलाई निकुञ्जको रूपमा विकास गरिनेछ । खेलकुदसँग सम्बन्धित संस्थाहरू र व्यक्तित्वहरूसँगको छलफल र सहकार्यमा खेलकुदको विकासका निम्ति कार्ययोजनाहरू निर्माण गरिनेछ ।

वडास्तरीय खेलकुद प्रतियोगिता गराई उत्कृष्ट ठहरिएका खेलाडीहरू समावेश नगरस्तरीय टिम निर्माण गरिनेछ र प्रशिक्षण र अभ्यासको वातावरण निर्माण गरिनेछ । सुविधा सम्पन्न कभर्डहलको निर्माण, विस्तार र मिनी रङ्गशाला तथा मझौला आकारको रङ्गशालाको निर्माणलाई प्राथमिकतामा राखिनेछ । तरकारी बजारको व्यवस्थापन गरेर सुरुङ्गा बजारलाई आधुनीकीकरण गरिनेछ । कनकाई सामुदायिक वन क्षेत्रमा बन्न लागेको विज्ञान उद्यानलाई पर्यटकीय दृष्टिले स्तरीय बनाइनेछ र विद्यार्थीहरूको विज्ञान अध्ययनको निम्ति प्राकृतिक प्रयोगशालाको रूपमा विकास गरिने उल्लेख छ ।
सुरूङ्गामा निर्माण गर्न लागिएको प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न गरिनेछ र नगरमा प्रहरी सुरक्षा सेवालाई उन्नत गरिनेछ ।

कालोपत्र गरिसकिएका सडकहरूको मर्मत सम्भार गर्दै नगरभित्रका बाटाहरूलाई स्तरोन्नति गर्ने, ग्राभेल बिछ्याउने, इन्टरलक गर्ने, कालोपत्रे गर्ने कार्य प्रतिवर्ष बजेट विनियोजन गरेर निरन्तर गरिनेछ । चम्पापुर र घैलाडुबाको आवत–जावत सहज गर्न झोलुङ्गेपुल निर्माणलाई प्राथमिकता दिइनेछ । सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुरमा सडक सुरक्षाका निम्ति आवश्यक प्रबन्ध गरिनेछ । आकासेपुल निर्माणलाई प्राथमिकतामा राखिनेछ । कनकाई नगरलाई अर्को नगरसँग जोड्ने, अर्को जिल्लासँग जोड्ने र नगरभित्र एक वडाबाट अर्को वडा जोड्ने नगरस्तरीय बाटाहरू निर्माणका लागि संघीय एवम प्रदेश सरकारहरूसँग सहकार्य गरिनेछ ।

हात्ती प्रभावित क्षेत्रमा सुरक्षा प्रबन्धका लागि विद्युत सुविधा व्यवस्थित गर्ने, अग्नि नियन्त्रणमा पानीको सहज उपलब्धताको निम्ति बोरिङ्ग निर्माण गर्ने कार्य गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । बाल सञ्जाल र ज्येष्ठ नागरिक मञ्च लगायतका सरोकारवालाहरूसँग छलफल गरेर बालबालिका र ज्येष्ठ नागरिकहरूको हित हुने विविध कार्यक्रमहरू सञ्चालन गरिने, ज्येष्ठ नागरिक भवनमा मनोरञ्जन, ध्यान, योग, तथा सत्संगकेन्द्र व्यवस्थित गरिनेछ । कनकाईलाई बालमैत्री नगर बनाइने, युवाहरूसँगको छलफल र सहकार्यमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिने, युवा स्वरोजगार कार्यक्रमलाई महत्वकासाथ कार्यान्वयन गरिनेछ र वैदेशिक रोजगारमा जाने इच्छुक युवाहरूको भाषा प्रशिक्षण लगायतका सहजीकरण कार्यक्रमहरू गरिनेछ ।

विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध स्थापित गर्दै प्रशिक्षार्थी कामदार पठाउन विश्वस्त वातावरण निर्माण गरिनेछ । नगरलाई औद्योगिकीकरणको निम्ति उद्योग व्यवसायीहरूसँगको छलफल र सम्भाव्यता अध्ययनलाई घनीभूत गरिनेछ र लगानीको वातावरणको निम्ति सहज नीति निर्माण गरिनेछ । एक वडा एक उद्योगको अवधारणा लागु गर्ने वातावरण निर्माण गरिनेछ । महिला सशक्तीकरणका निम्ति उपमेयर महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ जस अन्तरगत नगरका महिला शिक्षक, कर्मचारी, अग्रणी छात्राहरू र अगुवा महिलाहरूको सहकार्यमा महिला नेतृत्व विकास लगायतका विषयमा कार्यशाला, गोष्ठी, प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । महिलालाई कुनै न कुनै प्रकारका उत्पादनमा सहभागी हुने वातावरण निर्माण गरिनेछ ।

कनकाई बहुमुखी क्याम्पस र आदर्श क्याम्पस घैलाडुब्बामा बुहारीलाई उच्चशिक्षाको अवसर प्रदान गर्ने सासुससुरालाई सम्मान गरिनेछ । कनकाई नगरपालिका भित्रका धार्मिक तथा सांस्कृतिक संघसंस्था, सामुदायिक वन, मनोरञ्जन तथा पर्यटन व्यवसाय, संस्थागत तथा सामुदायिक विद्यालयहरू, निजी तथा सामुदायिक क्याम्पसहरू, उद्योग वाणिज्य संघ, सुरुङ्गा जेसिस, लायन्स क्लब, रोटरीक्लब, लियो क्लब, ज्ञानज्योति युवा क्लब, सुरुङ्गा सहकार्य युवा क्लब, खेलकुदसँग सम्बन्धित संघसंस्थाहरू, स्वास्थ्य क्षेत्र र सामाजिक विकास अभियन्ताहरूसँगको छलफल र सहकार्यमा कनकाई नगरको सामाजिक न्याय र समग्र नगर विकासको अवधारणा निर्माण गर्ने र हातेमालो गरेर सबै सँगै हिड्ने वातावरण निर्माण गरिनेछ ।

नगर विकासमा नागरिकहरूको सकृय सहभागिता सुनिश्चित गर्न, छलफल गर्न, योजना निर्माण गर्न र कार्यमूल्याङ्कन गर्न वर्षमा न्यूनतम २ पटक वडास्तरीय ‘जनप्रतिनिधिहरू नागरिकहरूसँग कार्यक्रम’ सञ्चालन गरिनेछ । लोकतन्त्रको अभ्यासलाई तलसम्म पु¥याउन योजना निर्माण, अनुगमन र मूल्याङ्कनमा टोलविकास समितिको सहभागितालाई अनिवार्य गरिनेछ । ज्येष्ठ नागरिकहरू, सुत्केरी, सर्पदंश लगायतका आकस्मिक बिरामीहरूको अपर्भmट सेवाको निम्ति प्रत्येक वडामा ५ सदस्यीय ¥यापिड रेस्क्यु टिम निर्माण गरिनेछ । नागरिकहरूको सूचनाको हकलाई सुनिश्चित गर्न सार्वजनिक सूचनालाई व्यवस्थित गरिनेछ । इन्टरनेट सुविधा विस्तार गर्ने नीति लिइनेछ र छिटो छरितो विश्वस्त सूचना प्रवाहको निम्ति यसको प्रयोगलाई प्रभावकारी बनाउने कार्य गरिनेछ ।

त्यसै गरी, ‘आफ्नो गाउँ आफै बनाऔँ’ अभियान अन्तरगत उत्पादन बढाएर नगरलाई आत्मनिर्भर बनाउन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, वातावरण, मनोरञ्जन तथा पर्यटन, धर्म–संस्कृति–सामाजिक सुसंस्कृति लगायत समग्र विकासको निम्ति अनुसन्धान गर्न र योजना निर्माण गर्न विशिष्ट नागरिकहरूलाई उत्प्रेरित गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । लोकतन्त्रलाई संस्थागत गर्न, सामाजिक न्यायसहितको समग्र विकास अभियानलाई तीब्र गतिमा परिचालन गर्न, सबैले अपनत्व महसुस गर्ने गरी पारदर्शी सुशासन स्थापित गर्न विगतका अनुभवसमेतको आलोकमा परिष्कृत भएर जनसेवामा जुट्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार  ५ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]