बैशाख २०, २०८१ बिहीबार

वडामा एक्लै चुनाव लढ्न नसक्ने गठबन्धनले देश चलाउन सक्दैन : ओली

इटहरी । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बटुली कति राम्रो पुतलीको’ संज्ञा दिएका छन् ।

आज सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले गठबन्धन धेरै पार्टी जोडएर बनेकाले यसले कुनै ठोक काम नगर्ने दावी गरे । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमाभन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप लगाए । वडामा त एक्लै चुनाव लडन नसक्नेले देश कसरी चलाउन सक्लान् ? अध्यक्षओलीले प्रश्न गरे ।

उनले अहिलेको गठबन्धन गन्तव्यहिन र दृष्टिकोण विहीन बनेको आरोप लगाएका छन् । अध्यक्षओलीले आगामी आम निर्वाचनबाट एमालेकै नेतृत्वमा सरकार बन्ने दावी गरे । उनले गठबन्धनका दललाई मकिएका मकैको ढोडको संज्ञा दिएका छन् । काँग्रेसले टेकेर हिँडेको मकैको ढोडकहि न कहि दुर्घटना हुने निश्चित रहेको उनको ठोकुवा छ । अध्यक्ष ओलीले एमालेले जाती, धर्म, लिङ्ग र सम्प्रदायका आधारमा राजनीति नगर्ने प्रष्ट्याएका छन् ।

उनले काँग्रेसले २७ वर्षसम्म नेपालको शासन गर्दा पनि कुनै विकासको खास काम गर्न नसकेको आरोप लगाए । एमाले सरकारमा जाने वित्तिकै लछिन लाउने उनको दावी छ । स्थानीय तहको चुनावबाट काँग्रेस एमालेको कम्मर कम्मर आउने र आम चुनाववाट घुडाँ घुँडा आउने जनाएका छन् । गठवन्धनका अन्य दल काँग्रेसको आङमा वसेका झिङ्गाधपाउने मात्रभएको आरोप लगाएका छन् ।

प्रचण्डतर्फ संकेत गर्दै उनले भने, ‘दुर्घटनाको धम्कीन लगाए हुन्छ, चीसै पानीले नुहाए हुन्छ ।’ उनले प्रचण्डको धम्कीले केहि नहुने बताएका छन् । उनले नयाँ मतदाताहरुलाई सोच विचार गरेर मात्र मतदान गर्न आग्रह गरेका छन् । राप्रपाका विषयमा संंकेत गर्दै अध्यक्ष ओलीले राजतन्त्रको चिहान खनेर केहि हुनेवाला छैन भनेका छन् ।

जनताको छोरा छोरी विदेश गए पनि वुढेसकालमा पाल्ने पार्टी एमाले भएकाले सूर्य चिन्हमा मतदान गर्न जेष्ठ नागरिकलाई आग्रह गरेका छन् । कार्यक्रममा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम, एमाले जिल्ला अध्यक्ष रेवती भण्डारी, प्रदेश सदस्य लिलम बस्नेत, इटहरी उपमहानरपालिकाका प्रमुख द्धारिकलाल चौधरी लगायतले इटहरीमा फेरि पनि एमालेले जित्ने दावी गरेका छन् ।

प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार  ५ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]