चैत्र १५, २०८० बिहीबार

बिर्तामोड एमालेमा महिला सहभागिता उत्साहजनक

बिर्तामोड । झापाको प्रमुख शहर बिर्तामोडमा चुनावी माहोल तातिएको छ । जिल्लाकै राजीतिक केन्द्र भएका कारण यहाँ सबै राजनीतिक दलले प्रतिष्ठाको लडाई मानेका छन् ।

बिर्तामोडमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपासहित दलहरु चुनावी मैदानमा उत्रिएका छन् । सबैजसो दलहरु यतिवेला चुनावी प्रचारप्रसार र घरदैलोमा केन्द्रीत छन् । तर, नेकपा एमालेले महिलालाई प्रमुख पदमा उम्मेद्वार बनाएका कारण अभियानमा महिलाहरुको उपस्थिति उत्साहजनक छ ।

कांग्रेस, माओवादीको गठबन्धनमा प्रमुख,उपप्रमुख नै पुरुष भएपछि अधिकांश महिलाहरु एमालेबाट मेयर पदको उम्मेद्वार पवित्रा महतराको पक्षमा खुलेर लागेका छन् । अधिकांश महिलाको प्रतिनिधित्व नै महतरा हो भन्दै बिर्तामोडका महिलाहरु घरदैलोमा केन्द्रीत भएका छन् । पवित्रा महतराको चुनावी अभियानमा पुरुषभन्दा महिलाको सहभागिता उत्साहजनक छ ।

हरेक दिनको चर्को घाममा नाच्दै, गाउँदै महिलाहरु पवित्रा महतरालाई भोट मागिरहेका छन् । अभियानमा सहभागी निता घतानी भन्छिन्, महिलामाथि जसले न्याय गर्छ, सबैको समर्थन त्यहि हुने हो । गठबन्धनले दुवै पदमा महिलालाई रोकेको छ, त्यसैले त्यहाँ महिलाहरु सहभागी भएर मत माग्न असहज हुन्छ, उनले भनिन् – कसैले खोई उपमेयरमा महिला भनेर सोध्यो भने के जवाफ दिनु ?

बिर्तामोड नगरपालिकामा एमालेले चुनाव प्रचार प्रसार सम्पन्न गरेर घरदैलो अभियान थालेको छ । शनिवार बिर्तामोड ४ मा घरदैलो गरेको एमालेको टोलीले हरेक पसलमा पुगेर व्यवसायीलाई भोट मागेका छन् । महिलाहरुको व्यापक सहभागितामा एमालेबाट मेयर पद्को उम्मेद्वार महतरा घरदैलो गरिरहेकी छन् । उनको चुनावी अभियानमा प्रतिनिधि सभा सदस्य पवित्रा खरेल, विमला विश्वकर्मा, प्रदेश कमिटी सदस्य भीमा शिवाकोटी लगायत अग्रमोर्चामा कमाण्ड गरिरहेका छन् । उनीहरु सँगसँगै अन्य महिला नेतृहरु, नेताहरु सहयोग गरिरहेका छन् ।

बिर्तामोडमा एमालेबाट महिलालाई प्रमुख पदको उम्मेद्वार बनाइएको छ भने अन्य दलहरुले पुरुषलाई नै प्रमुख बनाएका छन् । गठबन्धनले दुवै पदमा पुरुषलाई उम्मेद्वार बनाएका छन् ।

राजनीतिमा मारवाडी समुदायको उपस्थिति तुलनात्मक हिसावले कम हुँदै आएको थियो । पवित्रा महतराको घरदैलो अभियानमा मारवाडी समुदायका छोरी, बुहारीदेखि आमाहरुको समेत बाक्लो उपस्थिति भइरहेको देख्न पाइन्छ ।

प्रकाशित मिति : बैशाख २४, २०७९ शनिबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]