बैशाख १५, २०८१ शनिबार

एमालेका उम्मेद्वारको एउटै स्वर : हात्ती समस्या समाधान गर्छौ

मेचीनगर । नेकपा एमाले मेचीनगरका उम्मेद्वारहरुले मानविय र भौतिक क्षति नहुने गरी हात्तीको समस्यालाई निती बनाएर अघि बढ्ने बताएका छन् ।

शनिबार मेचीनगर–४ स्थित बाहुनडाँगीमा एमालेको चुनावी घरदैलो कार्यक्रममा मेचीनगरको मेयर पदका प्रत्यासी उम्मेद्रवार गोपालचन्द्र बुढोथोकी, उपमेयरकी उम्मेद्वार मिना पोखरेल उप्रेती र वडाध्यक्षका उम्मेद्वार अर्जुनकुमार कार्कीले त्यस्तो कुरा बताएका हुन् ।

हात्ती तथा पर्यावरण र नदी उत्खनन् सम्बन्धी स्थानीयले राखेको जिज्ञासालाई सम्बोधन गर्दै दुवै उम्मेद्वारहरुले मानविय र भौतिक क्षति नहुने गरी हात्तीको समस्यालाई निती बनाएर अघि बढ्ने बताएका छन् ।

‘स्थानीय तहमा संघीय र प्रदेश सरकारको कानुन नवाझिने गरी काम गछौँ’, बुढाथोकीले भने–‘ आईई बीना नदी उत्खनन हुँदैन । उत्खनन्मा चुहावट नहुने गरी त्यसको व्यवस्थापन गरिनेछ ।’

‘हात्तीको आक्रमणबाट विगतमा ठुलो धनजनको क्षति भएको छ’, उप्रेतीले भनिन्–‘फेरि यस्तो समस्या जनतालाई नहुने गरी नगरपालिकामा निती निर्माण बनाएर त्यसको निराकरण गरिनेछ ।’

१५ वटा वडामध्ये ४ नम्बर वडालाई नमुना वडाको रुपमा विकास गरिने वडाध्यक्षका उम्मेद्वार कार्कीले बताए । ‘भारतबाट आउने हात्तीलाई उतै छेक्छौँ’, कार्कीले भने–‘भारतसँग जोडिएको वडाको सीमामा जैविक मार्ग, विद्युतिय तारबार र विभिन्न प्रविधि अपनाएर हात्ती यता आउन दिदैनौँ ।’

कार्यक्रममा स्थानीय विकास प्रधानले हात्ती र पुस्कर ढकालले नदी उत्खनन् नियन्त्रण सम्बन्धीका योजना बारे उम्मेद्वारसँग प्रश्न गरेका थिए ।

एमाले वडा नम्बर ४ का अध्यक्ष प्रविण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेयरका प्रत्यासी बुढोथोकी, उपमेयरकी उम्मेद्वार उप्रेती र वडाध्यक्षका उम्मेद्वार कार्की, एमालेका केन्द्रीय सल्लाहकार विष्णु प्रसाई, स्थानीय समाजसेवी शंकर लुईटेलले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको स्वागत तिर्थराज नेपाल र सञ्चालन वेग सुनुवारले गरेका थिए ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ९ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]