चैत्र १६, २०८० शुक्रबार

ताप्लेजुङको दुर्गम क्षेत्रमा मतदान सामग्री पठाउन थालियो

ताप्लेजुङ – ताप्लेजुङको दुर्गम क्षेत्रका मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउन थालेको छ । दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रमा पुग्न दुई–चार दिन लाग्ने भएकाले समयमै मतदान सामग्री पठाउन थालिएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । सो क्षेत्रमा खटिएका मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर लगेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपीन दुलालले जानकारी दिनुभयो ।

दुर्गम क्षेत्र याङ्मा,ग्याब्ला,कालिखोला,सादेवा,आङ्खोप,पेदाङलगायत स्थानका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमार्फत मतपत्रसहितका सामग्री पठाएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै याम्फुदिन,घुन्सा,ओलाङ्चुङगोलालगायत स्थानका लागि भने आज मतदान सामग्री पठाउने तयारी भइरहेको सूचना अधिकारी दुलालले बताउनुभयो । टाढा र दुर्गम मतदान केन्द्र रहेका स्थानलाई प्राथमिकतामा राखेर मतदान सामग्री बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा ७३ मतदानस्थल र १२२ मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]