बैशाख १२, २०८१ बुधबार

चुनाव हार्ने डरले सत्तारुढ गठबन्धन धाकधम्कीमा उत्रियो : अध्यक्ष ओली

बुटवल – नेकपा एमाले अध्यक्ष केपी ओलीले २१औं शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताउनु भएको छ ।

बुटवलमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताउनुभयो ।

सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको अध्यक्ष ओलीको दाबी छ । जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन गर्नुपर्ने उहाँले  बताउनुभयो।

एमाले युवादेखि वृद्धसम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो। कांग्रेस नेतृत्वको सरकारले विकास निर्माणका कुनै आयोजना अघि नबढाएको बरु विगतमा ४२ वटा उद्योग बेचेर खाएको अध्यक्ष ओलीले बताउनुभयो। अघिल्लो सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थाल्दा परमादेशबाट सरकार ढालेर भूमिहीन आयोग खारेज गरेको ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीले देशभरका स्थानीय तहमा एमालेको विजय मात्र नभई दिग्विजय भएको बताउनुभयो । उहाँले अहिले १० वटा स्याल एकातिर र एउटा शेर अर्कोतिर रहेको भन्दै एउटै शेरेले १० वटा स्यालको सिकार गर्ने बताउनुभयो । पाँचदलीय गठबन्धन छ भन्ने कुराको जनताले मतलबै नराखेको ओलीले बताउनुभयो । 

एमालेले चुनाव हारे जनताले पाउने सेवा रोकिने र विकासका योजना पनि रोकिने भएकाले एमालेको विजय अपरिहार्य रहेको उहाँको भनाइ छ । भैरहवा, पोखरालगायतका अन्तर्राष्ट्रिय विमानस्थल एमालेकै नेतृत्वमा बनेका, वर्षौसम्म रहेका तुइन एमाले नेतृत्वको सरकारले नै विस्थापन गरेको उहाँले दाबी गर्नुभयो।  

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ५ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]