चैत्र १६, २०८० शुक्रबार

प्रचण्डले धम्क्याउँदा कांग्रेस कार्यकर्तालाई पीर बिसाउने ठाउँ छैन : अध्यक्ष ओली

चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा छोरी नजिताए देश दुर्घटनामा पर्छ भनेर कांग्रेसका कार्यकर्तालाई धम्क्याएको टिप्पणी गर्नु भएको छ ।

भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवाले आफू प्रधानमन्त्री बन्नका लागि कांग्रेस सिद्ध्याउन लाग्दा पनि कार्यकर्ताले पीर बिसाउने ठाउँ नभएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘चितवनका कांग्रेस कार्यकर्ताप्रति मेरो सहानुभूति छ, उहाँहरूको कुनै दोष छैन । प्रकाश सपुतले गीतमा भनेजस्तै उहाँहरूले पीर बिसाउने ठाउँ पनि पाउनु भएन । मेरी छोरीलाई भोट दिएनौ भने देश दुर्घटना हुन्छ भनेर प्रचण्डले धम्क्याउँदा पनि उनीहरूले नेतृत्वबाट ढाडस पाएका छैनन् । तर ढुक्क हुनुस् प्रचण्डकी छोरी हार्दा देश दुर्घटना हुँदैन बरु एउटा घटना हुन्छ, त्यो के हो भने गठबन्धनले नराम्रोसँग हार्छ ।’

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ६ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]