बैशाख १६, २०८१ आईतबार

काँकरभिट्टामा बहुतलीय,बहुउद्देश्य बसपार्कको सम्भावना छ : बुढाथोकी

मेचीनगर । नेकपा एमालेबाट मेचीनगर मेयरका उम्मेद्वार गोपाल चन्द्र बुढाथोकीले काँकरभिट्टामा बहुतलीय बहुउद्देश्य बसपार्क बनाउने योजना रहेको बताएका छन् ।

आइतबार मेचीनगर–६ स्थित काँकरभिट्टामा एमालेको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी उम्मेद्रवार बुढोथोकील यस्तो कुरा बताएका हुन् ।

उनले साँघुरो बसपार्कका कारण साना–ठुला सवारी साधन तथा व्यापारिक भवनहरु नभएकाले पनि बहुतलीय बहुउद्देश्य बसपार्क बनाउन प्रयत्न गरिने बताए । ‘काँकरभिट्टा बजार अन्तराष्ट्रिय नाका भएकोले विगतमा यस विषयमा छलफलहरु भएका छन्’, बुढाथोकीले भने–‘५, ७ वा १० तलासम्मको आधुनिक बहुउद्देश्य बसपार्क बनाउन सके मेचीनगरलाई समृद्व नगर बनाउन सकिनेछ ।’

उनले मेचीनगर नगरपालिकाका प्रथम मेयर रविन कोइरालाको पालामा यस विषयमा कुरा उठेको बताए । सो योजनालाई सम्भव भएसम्म कोशिस गरिने उनले बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम झापा सहइन्चार्ज रविन कोइरालाले मेचीनगरलाई नमुना नगरपालिका बनाउन पनि एमालेका उम्मेद्रवारहरुलाई जिताउन आवश्यक रहेको दावी गरे । घरदैलो अभियानका सहजकर्ता राजु कार्कीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]