बैशाख २१, २०८१ शुक्रबार

‘एमालेको प्रतिवद्धता पूर्णरुपमा पालना गर्छौ’

बिर्तामोड । बिर्तामोड नगरपालिकाको लागि नेकपा एमाले तर्फका उम्मेदवारहरुले पार्टीले सार्वजनिक गरेको प्रतिवद्वता पत्रलाई पूर्णरुपमा पालना गर्ने बताएका छन् ।

नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले चुनावी प्रचार अभियान अन्तर्गतको कोणसभालाई सम्बोधन गर्दै नगरको विकासका लागि प्रतिवद्वता पत्र हबहु कार्यान्वयन गर्ने बताइन् । उनले आफ्नो ५ वर्षको कार्यकालमा सशक्त ढंगले प्रतिवद्वता पुरा गर्ने बताएकी हुन् । प्रतिवद्वता पत्रमा जनमुखी कामहरु समेटिएको बताउँदै उनले एक पटक सबैले पढ्न आग्रहसमेत गरिन् ।

यस्तै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले प्रतिवद्वता पत्रमा उल्लेख गरिएका योजनाहरु पूर्णरुपमा पालना गर्दै कार्यान्वयन गरिने बताए । स्वास्थ्य, शिक्षा, कृषि, पशुपंछी, पर्यटन, भौतिक पूर्वाधार, व्यवसाय, खेलकुद लगायतका विभिन्न क्षेत्रका महत्वपुर्ण योजनाहरुलाई प्रतिवद्वता पत्रमा समेटिएको भन्दै उनले कार्यान्वयन गरिने बताएका छन् ।

बिर्तामोडमा गठवन्धन भन्दा बलियो देखिएको नेकपा एमालेका उम्मेदवारहरुले नगरका सबै टोलमा पुगेर यसअघि एमाले सरकारले नगरमा गरेका काम र भावी योजनाका बारेमा जानकारी गराउँदै आएका छन् । नेकपा एमालेले आइतबार वडा नम्बर ८ का गरामनी, हर्चना, नेपाल चोक लगायतका स्थानमा कोणसभा सम्पन्न गरेको छ ।

कोणसभामा हाँस्यकलाकार विल्सन विक्रम राईकोसमेत सहभागिता रहेको थियो । उनले विकास र समृद्विको लागि नेकपा एमालेका उम्मेदवारलाई भारीमतले विजयी गराउन सबैसंग आग्रह गरेका छन् ।

बिर्तामोड ८ मा विष्णुप्रसाद भट्टराई वडाध्यक्षको उम्मेदवार छन् । वडा नम्बर ८ को कोणसभामा एमाले झापा इञ्चार्ज अग्नि खरेल, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, राष्ट्रियसभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, एमाले प्रदेश १ कमिटी इञ्चार्ज देवराज घिमिरे लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]