बैशाख १६, २०८१ आईतबार

मतदाताको गुनासो सुन्दै एमालेका उम्मेद्वार

मेचीनगर – नेकपा एमालेले आइतबार मेचीनगर–६ नम्बर वडामा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । एमालेका मेयर, उपमेयर पदका उम्मेद्वार सहितको घरदैलो अभियान अन्तरगत मेचीनगर–६ नम्बर वडासहित १३ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको हो । सोमबार मेचीनगर–२ र ३ नम्बर वडामा घरदैलो अभियान सञ्चालन हुनेछ ।

मेचीनगर–६ को भानुटोल, पुरानो भन्सार, शान्ति गाँउ, रमाइलो गाँउ, नकलबन्दा चोक, बद्री टोल, वमेर्ली टोल, भट्टराई चोक, मेचीडाडा, काँकरभिट्टा बजार लगायतका ठाउँमा घरदैलो सम्पन्न भएको छ ।

वडाध्यक्षका प्रत्यासी उम्मेद्वार बालकृष्ण थापा तथा वडा सदस्यहरु भविन्द्र सुब्बा (लिम्बु कान्छा), ध्रुबकुमार राई, सीमा रसाइली र अञ्जु थापा उम्मेद्वारको रुपमा छन् ।

घरदैलो कार्यक्रममा मेयर पदका उम्मेद्वार गोपाल चन्द्र बुढोथोकी, उपमेयरकी उम्मेद्वार मिना पोखरेल उप्रेती, एमालेका केन्द्रीय सदस्य एवम झापा सहइन्चार्ज रविन कोइराला, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाई, भीम खवास लगायतले मेची डाडामा स्थानीयले जग्गाको धनिपुर्जा नपाएको अवस्था, मेची नदीको तटबन्धनको समस्या, कालोपत्रे सडक, खेलमैदान लगायतका विषयमा उम्मेद्वारलाई स्थानीयले गुनासो सुनाएका थिए ।

घरदैलो अभियानको सहजकर्ताको रुपमा एमाले प्रदेश १ का सदस्य राजु कार्की र वडा कमिटीका अध्यक्ष एवम् प्रचार प्रसार समिति संयोजकमा प्रितम काफ्ले छन् । कार्यक्रमको सञ्चालन अनेमसंघकी मेचीनगर उपाध्यक्ष हेमा सिटौला, एमाले नगर सदस्य केशर तिम्सिना, मदन अधिकारी, सञ्जु साङपाङ लगायतले गरेका थिए ।

प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]