जेष्ठ ४, २०८१ शुक्रबार

एक भुलले पाँच वर्ष बर्बाद नहोस्

सम्पादकीय
झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. १ मा कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष पदका उम्मेद्वार मखना महतोलाई स्थानीय युवाले लेखेटे । आफै मासुभात पकाएर गाउँलेलाई खुवाउने तयारी गरिरहेका उनलाई गाउँनै कटाए । गौरीगञ्जबाट वडा नं. १ को देविगढामा भोजभत्तेर गर्न पुगेका उनी ठुलो समस्याबाट उम्किन सफल भए । उनको फोहोरी राजनीति थाहा पाएका सचेत मतदाताले स्थानीयवासिन्दालाई पनि सचेत गराए । अहिलेको चुनावी माहोलमा केहि पैसा दिने र मासुभात खुवाएर भोट फकाउनेलाई पक्राउ गरी तत्काल प्रहरीमा बुझाउनुपर्छ । यस्तै, प्रवृत्तिका उम्मेद्वारका कारण हाम्रो समाज पछि परिरहेको छ ।

गरिव, विपन्न परिवारलाई भोजभत्तेरमा फकाएर भोट फकाउनु भनेको मत खरिद गर्नु जस्तै हो । जहाँ मत विक्रि गरिन्छ, त्यहाँ विकास संभव हुदैन । किनभने, खरिद गरिएका मतदाताले कहि कुरा राख्न पाउने अधिकार पनि पाउदैन । किनभने, त्यो व्यक्तिको मत खरिद गरेको हो । पाँच वर्षसम्मलाई त्यस्ता मतदाता चुपचाप बस्नुपर्ने हुन्छ । एक थाल भात, केहि बटुका मासु र केहि गिलास रक्सीमा मत दिइयो भने विकासमा ठुलो प्रभाव पर्छ । यसैले जो कोहिले आफ्नो अमुल्य मत पाँच वर्षको विकासलाई सम्झिएर सदुपयोग गर्नुपर्छ ।

आसन्न निर्वाचनमा जोसुकै , जस्तो सुकै व्यक्तिलाई जिताउने गलत मनसायबाट समूह निर्माण गरिएको छ । समूहबाट पनि पार नलाग्ने निश्चित भएपछि अहिले पैसा बाँढ्ने, भोजभत्तेर गर्ने लगायतका गलत गतिविधिमा विभिन्न दलहरु सक्रिय भइरहेका छन् । यसैले विगतको काम हेरेर, राष्ट्रियताको सवालमा दृढताका साथ लाग्न सक्ने दलका उम्मेद्वारलाई मत दिनुपर्छ । यदि मतदाताले सानो त्रुटि गरियो भने पाँच वर्ष दुख पाउने आफैले हो । वितेको पाँच वर्षमा भएका कामलाई मुल्याङकन गरौं र मतदान गरौं । आफुलाई मन परेको उम्मेद्वारलाई स्वतन्त्र पूर्वक चुन्ने काम गरौं ।

प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार  ७ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]