बैशाख १६, २०८१ आईतबार

मेचीनगर १० मा नेकपा समाजबादीबाट वडाध्यक्षका उम्मेदवार बनेका खरेल एमाले प्रवेश, सुर्यमा मतदान गर्न आग्रह

बिर्तामोड । झापाको मेचीनगरमा नेकपा समाजबादीबाट वडाध्यक्षमा उम्मेद्वारी दिने वडा नम्बर १० का उम्मेदवार कृष्णप्रसाद खरेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज बिहान धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर खरेलले नेकपा समाजबादी परित्याग गर्दै एमाले प्रवेश गरेको घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी समेत फिर्ता लिएको घोषणा गरेका छन् । समाजबादी परित्याग गरेको घोषणा गर्दै उनले एमालेका वडाध्यक्षका उम्मेदवार नारायण खनाललाई सुर्यमा मतदान गर्न आग्रह गरेका छन् ।

उनले मेचीनगरमा एमालेका सम्पुर्ण उम्मेदवारहरुलाई सुर्य चिन्हमा मतदान गरेर बिजयी गराउन आग्रह गरेका छन् । नेकपा समाजबादी कम्युनिस्ट आन्दोलनप्रती गद्दारी गर्ने षड्यन्त्रमा लागेको थाहा पाए पछि पार्टी परित्याग गरेको खरेलको भनाई छ ।

उनले एमालेको नेतृत्वमा मात्रै नेपाली जनतालाई सुखी र खुशी बनाउन सकिने बताएका छन् ।

प्रकाशित मिति : बैशाख २६, २०७९ सोमबार  १० : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]