जेष्ठ ४, २०८१ शुक्रबार

झापामा निर्वाचन सुरक्षा

सम्पादकीय
स्थानीय तह निर्वाचनको प्रतिक्षाको घडि लगभग अन्तिम भएको छ । अब तीन दिनपछि आम मतदाताले आफ्नो जनप्रतिनिधि छनौट गर्न मतदान गर्दैछन् । पाँच वर्षको नेतृत्वका लागि जनप्रतिनिधिहरु छनौट हुदैछ । झापाको १५ स्थानीय तह, १३१ वडामा जनप्रतिनिधि छान्ने काम हुदैछ । २८६ मतदान केन्द्र मार्फत मतदाताले मतदान गर्दैछन् । मतदानका लागि आवश्यक सुरक्षाको प्रवन्ध पनि लगभग मिलाइएको छ । जिल्लाको सुरक्षा रणनीति अनुसार प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाएको छ ।

झापामा खुल्ला सीमाको चुनौति छदैछ । निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन, सुरक्षा निकाय, आम नागरिकको भूमिका हुन्छ । आज राती १२ बजेदेखि भारतसँग जोडिएका सबै नाकाहरु बन्द हुनेछन् । प्रशासन कार्यालयले सूचना जारी गरेर सीमा नाका बन्द हुने बारे जानकारी गराइसकेको छ । अब, यो निर्वाचनमा जोखिम भनेको विगतमा हिंसाको राजनीति गरेर आउनेहरुबाटै छ । केहि महिनाअघि झापामा भूगिगत समूहको सामान्य प्रभाव थियो । बम आतंक पनि मच्चाए । अहिले त्यसलाई प्रहरीले शान्त बनाएको छ । अधिकांशलाई पक्राउ नै गरिसकेको छ ।

झापाका अधिकांश मतदान केन्द्रहरुमा नेपाल प्रहरी र म्यादी प्रहरीको सुरक्षा रहन्छ । खासगरी नेपाल प्रहरी र म्यादी बुथ सुरक्षामा खटिनेछन् । नेपाली सेना र सशस्त्र प्रहरी पेट्रोलिङमा तैनाथ हुनेछन् । यसैबिचमा सुरक्षा निकाय र राजनीतिक दलका स्वयम् सेवकले हिंसाबाट आउनेहरुमा रहेको हिंसाको अवषेशलाई ख्याल गर्नुपर्छ । विगतमा भएका घटनालाई स्मरण गर्दै मतदानको दिन सुरक्षामा सतर्कता अपनाउनुपर्छ । प्रचण्डपुत्री रेणु दाहालले जितेको भरतपुरमा मतपत्र च्यातियो र चपाइयो पनि । यस प्रकार हिंसात्मक प्रवृत्तिलाई बेलैमा तह लगाउनुपर्छ । नभए, अप्ठ्यारो परिस्थिति आइपर्न सक्छ । यसैले जिल्लाको समग्र मतदान केन्द्रहरुमा जोखिको अवस्थालाई ख्याल गरेर सुरक्षा व्यवस्थापनमा ध्यान दिइयोस् ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  ८ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]