बैशाख २०, २०८१ बिहीबार

६ दिनभित्र मतगणना सक्ने आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि हुने मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने तयारी गरेको छ ।

आयोगले २०७९ जेठ ५ गतेभित्र देशभरका स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि सकिने भएकाले त्यसबेलासम्ममा मतगणनाको परिणाम घोषणा गरिसक्ने रणनीति बनाएको हो ।

३१ वैशाख २०७४ सालमा पहिलो स्थानीय तह निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन अनुसार, निर्वाचन भएको ६ दिनपछि पदावधि सुरु भएको मानिने व्यवस्था अनुसार देशभरका स्थानीय तहका जनप्रतिनिधिहरु ६ जेठ २०७४ देखि पदमा बहाल रहेको भनी अवधि गणना गरिन्छ ।

त्यसरी हेर्दा ५ जेठ २०७९ मा उनीहरुको पाँच वर्षे कार्यकाल पूरा हुन्छ । आयोगले हालका जनप्रतिनिधिहरु विदा हुनअघि नै नयाँ प्रतिनिधिहरुको घोषणा गर्ने तयारी थालेको हो ।

यद्यपि आयोगका लागि देशभरका ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको मतगणना चुनौतीपूर्ण छन् । ती क्षेत्रमा त्यसैअनुसारको व्यवस्थाका लागि जनशक्तिको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]