जेष्ठ २७, २०८० शनिबार

झापामा एमालेको एकताले आत्तियो गठबन्धन

बिर्तामोड । झापा जिल्लामा नेकपा एमालेभित्रको एकताले गठबन्धन अत्तालिएको छ । अत्तालिएको गठबन्धनका नेताहरुको विभिन्न अभिव्यक्तिले उनीहरु कमजोर भएको स्पष्ट भएको पाइन्छ । मंगलवार जिल्लाभर गठबन्धनले आयोजना गरेको सभामा नेताहरुले कमजोर अभिव्यत्तिले गठबन्धन अत्तालिएको भान भएको छ ।

पाँच दलीय गठबन्धनमा भागवण्डा नमिल्दा १५ पालिकामध्ये धेरै पालिकामा कांग्रेस–माओवादीले आआफ्नो उम्मेद्वारी दिएका छन् । गठबन्धनमा मेलमिलाप नभएका उनीहरु बचिमै शंका उपशंका बढ्दो छ । कांग्रेसले माओवादी नेता प्रचण्डको टाउकोको मोल तोकेको र कांग्रेसलाई बुर्जुवा भन्ने माओवादीबिच विश्वासको वातावरण नै छैन । केपी ओली विरोधी गठबन्धनमा एक आपसमै विश्वास नहुँदा त्यसको फाइदा एमालेले उठाउने आँकलन गरिएको छ ।

झापामा एमालेले एकतावद्ध भएर चुनावमा गएका कारण गठबन्धनको कुनै प्रभाव नपर्ने नेताहरु बताउँछन् । पाँच दलीय गठबन्धन भनिए पनि झापामा नेकपा समाजवादी, जसपा गठबन्धनबाट बाहिएका छन् । माओवादीसँग पनि केहि पालिकामा मात्र तालमेल भएको छ । गठबन्धनमा एकता नभएको यस्ता घटनाले नतिजामा अपेक्षाकृत नहुने बताउँउन थालिएको छ ।

कांग्रेस झापामा लोकप्रिय व्यक्तिहरु नै विद्रोह गरेर निर्वाचनमा सहभागी भएका छन् । कनकाई नगरपालिकामा कांग्रेसभित्र विद्रोह गरेर शेर बहादुर थापा आफै मेयर पदमा उठेका छन् । उनको उम्मेद्वारीले नेपाली कांग्रेसलाई ठुलो चुनौति आइपरेको छ । थापाले कांग्रेसलाई पछि पार्ने गरी मत ल्याउने बताउँदै आएका छन् । उनले कांग्रेसबाट टिकट पाउने निश्चित हुँदाहुँदै पार्टी नेतृत्वको बेइमानीका कारण विद्रोह गरेको अभिव्यक्ति दिइरहेका छन् ।

यता, गठबन्धनले महिलालाई दुवै पदमा उम्मेद्वारी नदिएका कारण महिलाहरु समेत रुष्ट छन् । गठबन्धनले बिर्तामोडसहित विभिन्न पालिकामा महिललाई उम्मेद्वार नै बनाएको छैन । संविधानले मुख्य दुई पद्मा अनिवार्य एक जना महिललाई उम्मेद्वार बनाउनु पर्ने स्पष्ट पारेको छ । तर, महिलालाई नेतृत्वमा जान नदिने गरी गठबन्धनले पुरुषलाई नै अघि बढाएको छ ।

यस्तै, गठबन्धनभित्र धेरै पालिकामा चुनावी तालमेल समेत हुन सकेन । कनकाई नगरपालिका समाजवादी र माओवादी समेत विद्रोही उम्मेद्वार थापाको पक्षमा लागेका छन् । उनीहरुलाई थापाले सिट बाँडफाँड गरेका छन् । यस्तै, झापाको हल्दिवारी, गौरीगञ्ज लगायतका पालिकाहरुमा कांग्रेस–माओवादी अलग–अलग भिडिरहेका छन् ।

०७४ को निर्वाचनमा झापामा एमाले पहिलो शक्ति भएको थियो । कांग्रेस दोस्रो, राप्रपा तेस्रो भएको थियो । माओवादी जिल्लामा राप्रपा भन्दा कमजोर भएको तथ्याङक छ । चुनावी अभियानमा एमालेले देखाएको माहोलले आत्तिएको गठबन्धनलाई भोट बदर हुने अर्को चिन्ता छ ।

प्रकाशित मिति : बैशाख २७, २०७९ मंगलबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास

इजलास मिडिया प्रा. लि. द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सम्पादक : छेत्रलाल राजवंशी
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६३५०२८