बैशाख १७, २०८१ सोमबार

झापाका मतदान स्थल पुगे कर्मचारी

बिर्तामोड । झापाका १५ पालिकामा मतदान केन्द्र निर्माणको काम शुरु भएको छ । बुधबार देखि मतदान केन्द्र निर्माण थालिएको हो । आजसम्ममा केन्द्रहरुको निर्माण पुरा गर्ने बताइएको छ ।

स्थानीय तह चुनाव सञ्चालन गर्न झापाका सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले २८६ मतदानस्थलका ७५५ वटा मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका जनाएको छ । मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले मतदान अधिकृतहरुले केन्द्रमा विभिन्न सूचना नै प्रकाशन गरिसकेको जानकारी दिए ।

बुधबार र बिहीबार मतदान केन्द्रमा सर्वदलीय, सर्वपक्षीय बैठक, मतदान केन्द्र निर्माण र मतदाता परिचयपत्र वितरणका साथै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । एकाघरको सदस्यलाई मतदाता परिचयपत्र दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ लागेका हुन् । कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुगेपछि निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

चुनावका लागि झापामा ५ हजार ६ सय ८२ जना कर्मचारी खटाइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई खटाइएको छ । बुथमा नेपाल प्रहरी र म्यादी प्रहरी खटाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मतदान केन्द्रमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत , सहायक कर्मचारी, सहयोगी कर्मचारी गरी जिल्लाभर साढे ५ हजार कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् ।

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]