बैशाख २०, २०८१ बिहीबार

झापामा उत्साहका साथ मतदान हुँदै

बिर्तामोड । झापामा उत्साहका साथ मतदान शुरु भएको छ । विहान ७ बजेदेखि मतदान स्थल पुगेका मतदाता धमाधम मतदान गरिरहेका छन् ।

केहि दिनदेखिको चर्को घामका कारण चुनावी प्रचार प्रसारमा हैरान खेपेका सर्वसाधरणलाई मतदानको दिन मौसमले साथ दिएको छ । शितल हुँदै मतदान गर्ने योजना अनुसार विहानैदेखि केन्द्रहरुमा मतदाताको भीड लागेको छ ।
झापाको २८६ मतदान स्थलमा ७५५ मतदान केन्द्रमा मतदान जारी छ । विहानै देखि आआफ्नो मतदान केन्द्र पुगेर मतदाता मत खसालिरहेका छन् ।

झापाको १५ स्थानीय तहमा २९२६ जना चुनावी मैदानमा रहेका छन् । जिल्लाभर ६ लाख ५० हजार २५८ जना मतदाता रहेका छन् । जिल्लाका दक्षिणी मतदान स्थलमाहरुमा गएराती परेको पानीका कारण समस्या भएको छ । कपिय केन्द्रहरुमा ढिलो गरि मतदान शुरु भएको बुझिएको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]