चैत्र १६, २०८० शुक्रबार

झापामा सहायक मतदान अधिकृत निष्कासित

विराटनगर : झापामा मापसे (मादक पदार्थ सेवन) गरेर मतदान केन्द्रमा छिरेका एक जना सहायक मतदान अधिकृतलाई निष्कासन गरिएको छ। झापा गाउँपालिका–६ सरणामतिस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्र ‘ग’का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेतले मापसे गरेको पाइएको हो। 

मतदान प्रक्रिया सुरु भएको निक्कै बेरपछि उनले मासपे गरेर आएको खुलेको थियो। बस्नेतले मतदान केन्द्रमा छिरेर काम पनि गरेका थिए। 

सहायक मतदान अधिकृतले मापसे गरेको गुनासो मतदाताले गरेपछि निष्कासन गरिएको मतदान अधिकृत युवराज नेपालले जानकारी दिए। उनका अनुसार मतदानको प्रक्रिया भने सहायक मतदान अधिकृत बिना नै जारी राखिएको छ। 

‘मतदानका क्रममा मतदाताले गुनासो गरेपछि सहायक मतदान अधिकृतलाई निष्कासन गरिएको छ,’ नेपालले भने, ‘अर्को व्यक्तिलाई सहायक मतदान अधिकृत तोक्न सक्ने अवस्था नभएपछि भएका कर्मचारीबाटै मतदान प्रक्रियालाई भने जारी राखिएको छ।’

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ११ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]