बैशाख २०, २०८१ बिहीबार

मतदानको निर्धारित समय सकियो, लाइनमा बसेकाले मत दिन पाउने 

झापा । स्थानीय तह निर्वाचनको मतदानाको लागि निर्धारित समय सकिएको छ। निर्वाचन आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ।  

देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो। निर्वाचनमा हालसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ। यद्यपि अन्तिम विवरण आउन बाँकी छ। देशका केही स्थानमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ। 

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका विभिन्न मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ५ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]