बैशाख १९, २०८१ बुधबार

झापामा लगभग ६६ प्रतिशत मतदान, मतपेटिका गणनास्थलमा संकलन गरिदैं

बिर्तामोड । झापाका २८६ मतदानस्थलमा मतदान सकिएको छ । मतदान सम्पन्न भए पश्चात मतपेटिकाहरु धमाधम गणनास्थल तर्फ लैजाने काम चलिरहेको छ ।

आज विहान ७ बजेदेखि भएको स्थानीय तह निर्वाचनमा झापामा लगभग ६६ प्रतिशत मत खसेको बताइएको छ । झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार अहिले नै यत्ति हो भन्न सकिन्न, सूचनाहरु आउने क्रम जारी छ । लगभग ६६ देखि ६७ प्रतिशत मत खसेको अनुमान गरिएको छ । झापाको १५ पालिकामा ७५५ मतदान केन्द्र थिए । सबै केन्द्रहरुमा शान्तिपूर्ण मतदान भएको बताएका छन् ।

यस्तै, देशभर ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको एक निर्वाचन आयुक्तले बताए । शुक्रबार २६ मतदानस्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगले आजैबाट मतगणना गर्न भनेको छ ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]