जेष्ठ ४, २०८१ शुक्रबार

मतदाताको उज्जल भविष्यको कामनासहित मतदान

बिर्तामोड । आम मतदाताले पाँच वर्षे कार्यकालका लागि उम्मेद्वारहरुलाई मत दिएका छन् । मतदाताले विकास र संमृद्धिको लागि विना स्वार्थ मतदाताले मतदान गरेका हुन् ।

शुक्रवार विहानको झरीमा रुझ्दै झापाको १५ पालिकामा मतदाताले मत खसाले । साँझ ५ बजेसम्म मत दिएका मतदाताले पाँच वर्ष आम नागरिकको भविष्य उज्वल हुनुपर्ने कामनासहित मतदान गरेका छन् ।

मतदानमा युवा, वद्धवृद्धा सबैको उत्साहजनक सहभागिता भएको थियो । जिल्लाकै मुख्य मानिने बिर्तामोड नगरपालिकामा समेत सौहार्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ ।
झापाका २८६ मतदानस्थलमा मतदान भएको थियो । मतदान सम्पन्न भए पश्चात मतपेटिकाहरु अवेरसम्म गणनास्थलमा संकलन गरिएको छ ।

शुक्रवार विहान ७ बजेदेखि भएको स्थानीय तह निर्वाचनमा झापामा लगभग ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिए । गौतमका अनुसार यो अन्तिम होइन, हाम्रो अनुमान लगभग ६६ देखि ६७ प्रतिशत हो । झापाको १५ पालिकामा ७५५ मतदान केन्द्र थिए । सबै केन्द्रहरुमा शान्तिपूर्ण मतदान भएको बताएका छन् ।
यस्तै, झापाको बिर्तामोड नगरपालिकामा ७१.३५ प्रतिशत मत खसेको छ । १८ मतदानस्थल र ६४ मतदान केन्द्रबाट जम्मा ४० हजार ९ सय ६५ मत खसेको बताइएको छ ।

बिर्तामोडमा ५७ हजार ४ सय ९ जना मतदाता छन् । त्यसमध्ये ७१.३५ प्रतिशत मत खसेको हो । बिर्तामोड क्षेत्रका सबै मतदानस्थलबाट मतपेटिका नगरपालिकामा जम्मा गरिएको छ । साढे ९ बजेसम्म मतपेटिका संकलनको काम चलिरहेको थियो । ६४ केन्द्रको मतपेटिका प्रमाणिकरण पछि सर्वदलीय बैठक बसेर गणना थाल्ने निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

झापाको १५ स्थानीय तहमा नगरपालिकाको मेयर, उपमेयर, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुई खुल्ला सदस्य निर्वाचित हुनेछन् । मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार झापामा २९२६ जनाले उम्मेद्वारी दिएका छन् । त्यसमध्येबाट ६८५ जना निर्वाचित हुने छन् ।
जिल्लाको १३१ वडामा ६ लाख ५० हजार २५८ मतदाता थिए ।

यस्तै, देशभर ६२ प्रतिशत मत खसेको भएको निर्वाचन आयोगले जनाएको छ । देशका ७५३ स्थानीय तहमा ५ वर्षका लागि जनप्रतिनिधि चयनका लागि भएको मतदानमा कम्तीमा ६२ प्रतिशत मतदाता सहभागी भएको एक निर्वाचन आयुक्तले बताए । शुक्रबार २६ मतदानस्थलका ४१ केन्द्रको निर्वाचन स्थगित भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार विभिन्न जिल्लामा शुक्रवार राती देखि नै गणना शुरु गरिएको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ८ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]