बैशाख २८, २०८१ शुक्रबार

झापाको ११ पालिकामा मतगणना जारी

बिर्तामोड । झापाको १५ स्थानीय तहमध्ये ११ पालिकामा मतगणना शुरु भइसकेको छ । कतिपय पालिकाले प्रारम्भिक मत परिणाम समेत सार्वजनिक गरिरहेका छन् । ३ पालिकामा सर्वदलीय बैठक चलिरहेको छ भने एउटा पालिकामा ११ बजेबाट मतगणना गर्ने तयारी गरिएको छ ।

झापाको मेचीनगर, झापा गाउँपालिका र अर्जुनधारा नगरपालिकामा सर्वदलीय बैठक चलिरहेको छ । यस्तै, गौरादहमा ११ बजेबाट मतगणना गर्ने तयारी गरिएको बताइएको छ ।

यस्तै, मतगणना जारी भएको बुद्धशान्ति, बिर्तामोड, कमल गाउँपालिका र गौरीगञ्जको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छैन । त्यहाँ परिणाम सार्वजनिक गर्ने तयारी छ । यसैगरी भद्रपुरमा नेपाली कांग्रेस झिनो मतले अगाडि छ । एमालेले भद्रपुरमा पच्छ्याइरहेको अवस्था छ भने कचनकवलमा एमाले–कांग्रेसको गठबन्धन अगाडि छ ।
हल्दिवारीको वडा नं. १ को मत गणना भइरहेको छ । सो गणनामा वडाध्यक्षमा एमाले अगाडि छन् भने गापा अध्यक्षमा राप्रपा केहि मतले अगाडि छन् ।

बाह्रदशीको अध्यक्षमा एमालेभन्दा १४ मतले कांग्रेस अगाडि छ भने वडामा कांग्रेस एमालेले बराबर मत ल्याएका छन् । प्रारम्भिक मत परिणाम अनुसार कनकाईमा स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापा अगाडि छन् भने एमाले अहिले दोस्रो, कांग्रेस तेस्रो पोजिशनमा देखिएको छ ।

शिवसताक्षी र दमकमा एमालेका उम्मेद्वारले लिड गरिरेहको सूचना प्राप्त भएको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ९ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]