बैशाख २८, २०८१ शुक्रबार

झापामा ४-४ पालिकामा कांग्रेस, एमालेको अग्रता

बिर्तामोड । झापाका १५ वटै पालिकामा मतगणना जारी छ । मेचीनर, अर्जुनधारा र झापा गाउँपालिकामा भर्खरैबाट गणना शुरु भएको हो ।

मतगणना भइरहेका पालिकामध्ये नेकपा एमाले, नेपाली कांग्रेस ४-४, राप्रपा, स्वतन्त्र १-१ ठाउँमा अगाडि देखिएका छन् । नेकपा एमालेको बिर्तामोड, शिवसताक्षी, दमक र गौरीगञ्जमा अग्रता छ भने कांग्रेसको बुद्धशान्ति, भद्रपुर, बाह्रदशी, कचनकवलमा अगाडि छ ।

यस्तै, हल्दिवारीमा राप्रपा अगाडि छ भने कनकाईमा स्वतन्त्र उम्मेद्वार शेरबहादुर थापाले एमाले, कांग्रेसलाई पछि पारिरहेका छन् । अन्य पालिकाको प्रारम्भिक नतिजा बाहिर आइसकेको छैन ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  १ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]