बैशाख २८, २०८१ शुक्रबार

बिर्तामोडमा तनाव, निर्वाचनको गाडि तोडफोडको प्रयास

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका अगाडि नेपाली कांग्रेसका कार्यकर्ताले सरकारी गाडिमा तोडफोडको प्रयास गरेका छन् । जिल्ला निर्वाचन कार्यालय झापाको गाडिमा तोडफोडको प्रयास गरेपछि हुलदंगा भएको छ ।

प्रहरीको सुरक्षा कारण गाडिमा तोडफोड हुन पाएको छैन । अहिले सो गाडिको सुरक्षाका लागि प्रहरीले कडा सुरक्षा दिएको छ । बिर्तामोड नगरपालिकामा आएको सरकारी गाडिमा नमूना मतमत्र भेटिएको भन्दै कांग्रेसका कार्यकर्ताले हुलदुंगा गरेका छन् । अहिले बिर्तामोड नगरपालिका अगाडि नेपाली प्रहरी, सशसत्त प्रहरीको बोक्लो उपस्थिति भएको छ । कांग्रेसका कार्यकर्ताले गाडिभित्र केके छ भन्दै हेर्न माग गरेपछि प्रहरीको उपस्थितिमा हेर्ने काम भइरहेको छ ।

गाडिमा केहि थान मतपत्र भेटिएपनि मतदानमा प्रयोग गर्ने मतपत्र नभएको बुझिएको छ । नमूना मतपत्रमा स्वस्तिक छाप समेत प्रयोग नभएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । आवश्यक खोजतलासपछि गाडिका शंकास्पद कुनै पनि कागजात नभेटिएपछि गाडिलाई नगरभित्र प्रवेश गराइएको छ । गाडि प्रवेश गराइसकेपछि प्रहरीले नगरपालिकाको अघिल्लो भागमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]