बैशाख १५, २०८१ शनिबार

दलको चुनाव चिन्ह नै नभएको नमूना मतपत्रमा बिर्तामोड कांग्रेसको बखेडा

बिर्तामोड । मतगणनाको शुरुआत देखि एमालेले लिड गरिहरेको बिर्तामोडमा कांग्रेस कार्यकर्ताले नमूना मतपत्रको बखेडा झिकेर तनाव सिर्जना गरेका छन् ।

बिर्तामोड वडा नं. १ को परिणामले कांग्रेसभित्र तनाव बढिरहेको बेला निर्वाचन कार्यालयको गाडिमा तोडफोडको प्रयास गरेका हुन् । सरकारी गाडिमा तोडफोडको प्रयास भएपछि प्रहरीले कडा सुरक्षा दिदैं गाडिलाई नगरपालिकाभित्र प्रवेश गराएको थियो ।
बारिहबाट नगरपालिका प्रवेश गर्न खोज्दा कांग्रेसका कार्यकर्ताहरुले अवरोध गर्दै गाडिमा खोजतलास गरेका थिए । गाडिमा नमूना मतपत्र भेटिएको भन्दै कांग्रेस कार्यकर्ताले तनाव सिर्जना गरेका हुन् । झण्डै एक घण्टा गाडिलाई नगरपालिकाभित्र प्रवेश गर्न दिइएको थिएन ।

कांग्रेस कार्यकर्ताले नमूना मतपत्र लिएर नगरभित्र प्रवेश गरेको विषयलाई शंकास्पद भन्दै गाडिभित्र खोजविन गर्न पाउनुपर्ने माग गरेका थिए । सो माग पश्चात प्रहरीले उनीहरुलाई गाडिमा चेकजाँच गर्न समेत दिएको थियो । गाडिभित्र थप कुनै सामग्री फेला नगरेपछि प्रहरलिे गाडिलाई सुरक्षा दिदैं नगरमा छिराएको थियो । सो मतपत्रमा कुनै पनि राजनीतिक दलको चुनाव चिन्ह समेत भएको पाइएको छ । नमूना मतपत्र लेदिएको सो मतपत्रमा अनावश्यक बखेडा झिकेर कांग्रेसले शान्तिपूर्ण मतदान प्रक्रियालाई भाँड्न खोजेको आरोप लागेको छ ।

सो नमूना मतपत्रमा कुनै दलको चुनाव चिन्ह नै नभएपछि त्यसको कुनै ठाउँमा प्रयोग गर्न नमिल्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता शिक्षाको क्रममा मतदातालाई शिक्षा प्रदान गर्न राखिएको नमूना मतपत्र भेटिएको भनाई छ ।

बिर्तामोडमा हालसम्म नेकपा एमालेको अग्रता कायमै छ । वडा नं. १ मा पनि अग्रता कायमै रहेको परिणाम छ ।

प्रकाशित मिति : बैशाख ३१, २०७९ शनिबार  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]