बैशाख २३, २०८१ आईतबार

कचनकवल १ मा काँग्रेसको प्यानल नै निर्वाचित

झापा । कचनकवल गाउँपालिका- १ मा नेपाली काँग्रेसका वडा अध्यक्षसहित प्यानल नै निर्वाचित भएका छन् । कचनकवल १ मा राप्रपाका उम्मेदवारलाई पछि पार्दै काँग्रेसका महावीर लिम्बु ३३२ मतान्तरले निर्वाचित भएका हुन् । लिम्बुले १४४२ मत ल्याएकोमा राप्रपाका लक्ष्मीनारायण यादव १११० मत ल्याएका छन् । यादव निवर्तमान वडा अध्यक्ष हुन् ।

त्यस्तै एमालेका धनलाल राजवंशी २८८ र माओवादी केन्द्रका १८७ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा काँग्रेसका अन्तप्रसाद राजवंशी, उग्र नारायण राजवंशी, सान्जावती राजवंशी र सुनिता दर्जी निर्वाचित भएका छन् । कचनकवलको अध्यक्ष र उपाध्यक्ष पदमा काँग्रेस र एमालेले चुनावी गठबन्धन गरेपनि वडामा एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका थिए । 

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]