बैशाख २८, २०८१ शुक्रबार

बिर्तामोडमा किन रोकियो मतगणना ?

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा शनिवार साँझदेखि रोकिएको मतगणना अझै शुरु हुन सकेको छैन । गठबन्धनका कारण रोकिएको गणना कार्य सूचारु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

बिर्तामोडका निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेका अनुसार गणना सुचारु गर्नका लागि दलहरुबिच बैठक बसिहेको छ । बैठकले गणना थाल्ने निर्णय गरेपछि निरन्तर मतगणना गर्ने उनको भनाई छ ।

मतगणनामा करार कर्मचारी राखेको विषयमा गठबन्धन पक्षले विरोध जनाएको छ । शनिवार दिनभर गणना गरिए पनि साँझमा गठबन्धनले करारको विषयलाई लिएर विवाद सिर्जना गरेको हो । गठबन्धनले एमालेका प्रतिनिधि समेत धेरै भएको बताइरहेका छन् ।

बिर्तामोडका निर्वाचन अधिकृत काफ्लेले गणनामा शिक्षकलाई मात्र राख्न नमिल्ने व्यवस्था भएको जानकारी दिएका छन् । उनले मतगणनामा संघीय, प्रदेश, स्थानीय, संघ,संस्थानका कर्मचारीलाई प्राथमिकता दिने आयोेगको व्यवस्था रहेको बताए । स्थानीय तहमा धेरै कर्मचारी करार कै हुनुहुन्छ, काफ्लेले भने – स्थायी मात्र खोज्दै जाने हो भने मतगणना कहिले गरेर सक्नु ?

बिर्तामोडमा हालसम्मको परिणाम अनुसार मेयर, उपमेयर र वडाध्यक्षमा एमालेको अग्रता छ । वडा नं. १ को गणना भइरहदा गठबन्धनले विभिन्न विषयमा विवाद सिर्जना गरिरहेका छन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  १० : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]