बैशाख २८, २०८१ शुक्रबार

बिर्तामोडमा ३ बजेदेखि मतगणना गर्ने, मोवाइल निषेध

बिर्तामोड । बिर्तामोड नगरपालिकामा शनिवार साँझदेखि रोकिएको मतगणना ३ बजेदेखि शुरु गर्ने निर्णय भएको छ । सर्वदलीय बैठक बसेर गणना शुरु गर्ने निर्णय गरिएको हो ।

सर्वदलीय बैठकले मतगणनास्थललाई थप व्यवस्थित गर्दै नपाको माथिल्लो हलमा २ ठाउँ मात्र गणना गर्ने र अर्को गणक टोलीलाई कोठामा गणना गर्ने व्यवस्था मिलाउने निर्णय भएको सहायक निर्वाचन अधिकृत जय तिम्सिनाले जानकारी दिए । यस्तै, बैठकले मतगणना हुने ठाउँमा दलका २-२ जना प्रतिनिधि मात्रै बस्न दिने निर्णय गरेको छ । सो स्थलमा मोवाइल पनि निषेध गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  १२ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]