बैशाख १४, २०८१ शुक्रबार

झापामा १७ वडाको नतिजा सार्वजनिक

बिर्तामोड । झापाको १७ वटा वडाको नतिजा सार्वजनिक भएको छ । समाचार तयार गर्दासम्म सबैभन्दा धेरै वडामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ ।

वडाको मत परिणाम अनुसार नेकपा एमालेले ७, कांग्रेसले ८, राप्रपा र समाजवादीले १÷१ वडा जितेका छन् । एमालेले भद्रपुर १, गौरादह १, दमक १,शिवसताक्षी १, कनकाई ६, कनकाई ९, कचनकवल २ मा एमालेले वडाध्यक्षसहित प्यानल नै जितेको छ । केहि वडामा अन्य दलका सदस्यहरुले जितेका छन् ।

यस्तै, नेपाली कांग्रेसले भद्रपुर २, बाह्रदशी १,२, अर्जुनधारा १, कनकाई ८, कमल १, दमक १०, कचनकवल १, र झापा गाउँपालिका १ मा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । राप्रपाले हल्दिवारी १ र समाजवादीले कमल गाउँपालिकाको वडा नं. २ मा प्यानलै जितेको छ ।

अन्य पालिकाहरुले नतिजा सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]