बैशाख ७, २०८१ शुक्रबार

बिर्तामोडको मेयरमा गठबन्धनभन्दा एमाले ४०६ मतले अगाडि

बिर्तामोड । बिर्तामोड नगरपालिकाको मेयर, उपमेयरमा नेकपा एमाले र गठबन्धनबिच मतान्तर बढ्दै गएको छ । मेयरमा ४०६ र उमपेयरमा ७६८ मत अन्तर भएको छ ।

पछिल्लो परिणाम अनुसार एमालेको उम्मेद्वार पवित्रा महतराले १३६४ र गठबन्धनका उम्मेद्वार भोजराज सिटौलाले ९५८ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा एमालेका उम्मेद्वार नगेन्द्र संग्रौलाले १३३३ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेद्वार सीपी कडरियाले ५६५ मत प्राप्त गरेका छन् । वडा नं. १ को वडाध्यक्षमा एमालेले १२८३ र गठबन्धनले १०५० मत ल्याएको छ । वडाध्यक्षमा एमाले २३३ मतले अगाडि छ ।

वडा नं. १ को मत गणना लगभग सकिन लागेको छ भने वडा नं. १० को मतगणना शुरु गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०७९ आईतबार  १० : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]