बैशाख २२, २०८१ शनिबार

अग्निले फेरि रोके बिर्तामोड १ मा कांग्रेस

बिर्तामोड । बिर्तामोड नगरपालिकाको वडा नं. १ मा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका उम्मेद्वार अग्नि प्रसाद पाण्डेसहित सबै सदस्यहरु विजयी भएका छन् ।

पाण्डेसँग नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार बलराम कार्की पराजित भएका छन् । मत परिणाम अनुसार पाण्डेले १४७९ मत प्राप्त गरेका छन् भने कार्कीले १२२० मत प्राप्त गरे । कार्कीलाई पाण्डेले २५९ मत अन्तरले जितेका छन् ।
वडाको महिला सदस्यमा यमुना आचार्य, दलित महिला सदस्यमा कमला महरा र सदस्यहरुमा योगचन्द्र आङ्बोहाङ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसले बिर्तामोडका १० वटा वडामध्ये जित्नैपर्ने लिस्टमा राखेको वडा नं. १ पराजयसँगै कांग्रेसलाई बिर्तामोडमा पहिलो गाँस मै ढुङ्गा लागेको छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]