बैशाख २२, २०८१ शनिबार

झापामा गठबन्धनभन्दा धेरै पालिकमा एमालेको अग्रता

बिर्तामोड । बैशाख ३१ गतेदेखि झापामा शुरु भएको मतगणनाको प्रारम्भिक नतिजाले धेरै स्थानीय तहमा एमालेको अग्रता भएको पाइएको छ ।

१५ स्थानीय तहमा पछिल्लो मत परिणाम हेर्ने हो भने गठबन्धनभन्दा धेरै स्थानीय तहमा एमालेले अग्रता कायम गरिरहेको छ । विवरण अनुसार एमालेले ७ पालिकामा लिड गरिरहेको छ भने कांग्रेस माओवादीको गठबन्धनले ५ , राप्रपाले २ र कांग्रेस–एमालेले तालमेल गरेको १ ठाउँमा लिड गरिरहेका छन् ।

नेकपा एमालेले मेचीनगर, अर्जुनधारा, बिर्तामोड, बाह्रदशी, कनकाई, शिवसताक्षी, गौरादहमा लिड गरिरहेको छ भने कांग्रेसले बुद्धशान्ति, भद्रपुर, झापा, कमल र गौरीगञ्जमा लिड गरिरहेको छ । गौरीगञ्जमा एमालेको उपाध्यक्षले ठुलो मतान्तर बनाएकी छन् ।

यस्तै, दमकमा महागठबन्धनमा रहेको राप्रपाले लिड गरिरहेको छ भने हल्दिवारीमा पनि राप्रपाको अग्रता कायमै छ । कचनकवलमा कांग्रेस–एमालेको अग्रता कायमै रहेको छ । कचनकवल राप्रपाको मुख्य गढ पनि मानिन्छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७९ सोमबार  १२ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]