बैशाख १५, २०८१ शनिबार

झापाका दुई पत्रकार वडाध्यक्षमा निर्वाचित

बिर्तामोड । झापाका दुई जना पत्रकार वडाध्यक्षमा निर्वाचित भएका छन् । प्रेस चौतारीमा आवद्ध दुवै जनाले गठबन्धनलाई पराजित गरेर प्यानल नै विजयी हासिल गरेका हुन् ।

बुद्धशान्ति गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा अनिल वाग्ले निर्वाचित भएका छन् । उनी स्थानीय पूर्वेली साप्ताहिकका सम्पादकको रुपमा कार्यरत थिए । बुधबारे जेसीजमा अध्यक्ष भएर काम गरिसकेका वाग्ले प्रेस चौतारी झापा र नेपाल पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य हु्न् ।

जेसीजमा अध्यक्ष भएर उत्कृष्ट काम गरेर चर्चा कमाएका वाग्लेले नेकपा एमालेबाट वडाध्यक्ष जितेका हुन् । उनले भारी मतान्तरमा वडाध्यक्ष पदमा विजयी भएका छन् ।

यस्तै, कमल गाउँपालिका वडा नं. ३ मा निर्वाचित अग्नि कोइराला लामो समयदेखि प्रेस चौतारीमा आवद्ध थिए । उनले पनि नेकपा एमालेबाट वडाध्यक्ष पद्मा विजय हासिल गरेका छन् । नेपाल पत्रकार महासंघको साधारण सदस्य कोइराला दमकबाट प्रकाशित न्यू मासलाईनका कार्यरत थिए ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ४ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]