चैत्र १६, २०८० शुक्रबार

बिर्तामोड ३ मा मदनको अग्रता

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ३ को ५७६ मत गणना सकिएको छ । ५७६ मत गन्दा वडाध्यक्षमा एमालेका उम्मेद्वारको अग्रता छ । एमालेका वडाध्यक्ष मदन बुढाथोकीले प्रारम्भिक मत परिणाम अनुसार लिड गरिरहेका छन् ।

वडाध्यक्षमा सुर्यले ३०० मत प्राप्त गरेको छ भने रुखले १६३ मत प्राप्त गरेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको वडामा अहिले एमालेले युवा नेता मदन बुढाथोकीलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । वडाध्यक्षमा सुर्यले लिड गरे पनि मेयरमा रुखले लिड गरिरहेको छ । मेयरमा सुर्यले १९६ र गठबन्धनले २७५ मत प्राप्त गरेको छ । यस्तै, उपमेयरमा सूर्यले १९३ र गठबन्धनले १७५ मत पाएको छ ।

बिर्तामोडमा वडा नं. १ र २ मा एमालेको प्यानल नै निर्वाचित भइसकेको छ ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  ५ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]