चैत्र १५, २०८० बिहीबार

दमकमा एमालेकी गीताको मतान्तर १५ मा झर्यो

दमक- दमकमा महागठबन्धनको राप्रपासँग १७० मतले पछि परेकी एमालेकी गीता अधिकारीले मतान्तर घटाएर १५ मा झार्नु भएको छ । वडा नं ८ को कुल ३८ सय मत मध्ये २२सय मत गणना गर्दा गीताले मतान्तर घटाएर १५ मा झार्नुभएको हो ।

यो वडामा हालसम्म २२ सय मत गणना भएकोमा गीताले १ह्जार ४७ ल्याउनुभयो भने राप्रपाका राम थापाले ८ सय ९२ मत ल्याउनुभएको छ । मेयरमा हालसम्म रामम थापाको १० हजार ६४ र गीता अधिकारीको १० हजार ४९ मत रहेको निर्वाचन अधिकृतको कार्यलय दमकले जनाएको छ ।

यसैगरी उपमेयरमा एमालेका अम्बिका खनालको ९ हजार ८ सय ७४ आएको छ भने महागठबन्धनबाट काँग्रेसकी रेगिना प्रसाईंको ९ हजार ७ सय २७ मत आएको छ । वडा नं ८ बाट अम्बिकालाई ९सय२४ र रेगिनालाई ९ सय २० मत गएको छ । हालसम्म अम्बिकाले रेगिनालाई १सय ४७ मतले पछि पार्नुभएको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]