असार २३, २०७९ बिहीबार

राप्रपाले गुमायो कचनकवल : अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमालेका उम्मेद्वार निर्वाचित

बिर्तामोड । अघिल्लो स्थानीय चुनावमा राप्रपाले बहुमत जितेको कचनकवल गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेद्वार कालेन्द्र राजवंशी निर्वाचित भएका छन् ।

उपाध्यक्षमा एमालेका उम्मेद्वार नवराज भट्टराई निर्वाचित भए । सो गाउँपालिकामा कांग्रेस–एमालेले तालमेल गरेर राप्रपालाई शुन्यमा झारेका छन् । कचनकवलमा ६ वटा वडामा कांग्रेस र १ वटा वडामा एमालेले जितेको छ ।

११ हजार ४७७ मत ल्याई कांग्रेसका राजवंशी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष राप्रपाका अन्जरा आलमले मात्र ६ हजार ६६७ मत ल्याए ।

त्यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई ८ हजार १४३ मतले निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष राप्रपाका निमसरी राजवंशीले ६ हजार ८०१ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास दैनिक

कार्यालय सम्पर्क - बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
कम्पनी दर्ता नम्बर : १६९६५४/७३/०७४
विज्ञापनको लागि : ०२३–५३५०२८
सम्पर्क : ९८५२६३५०२८/९८५२६४५०२८
टाइम्स मिडिया नेटवर्क प्रा.लि. द्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट तपाईंको साझा इजलास