बैशाख १३, २०८१ बिहीबार

तीन दशकपछि कांग्रेसको पकड क्षेत्रमा मदनको इन्ट्री

बिर्तामोड । नेपाली कांग्रेसले पूर्ण अपेक्षा गरेको बिर्तामोड– ३ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार मदन बुढाथोकीसहित प्यानल नै निर्वाचित भएको हो ।

बुढाथोकीले २२६३ मत प्राप्त गरिरहँदा गठबन्धनका उम्मेद्वारले ११४१ प्राप्त गरेका छन् ।

सो वडाको महिला सदस्यमा धनसरी राजवंशी, दलित महिला सदस्यमा लक्ष्मी रोक्का, खुल्ला दुई सदस्यमा भागीमान लिम्बु र हरि प्रसाद बाँस्कोटा निर्वाचित भएका छन् ।

कांग्रेसको प्रभाव क्षेत्र भनिदैं आएको बिर्तामोड ३ मा २०४८ देखि कांग्रेसले जित्दै आएको थियो । बुढाथोकीले कांग्रेसको प्रभाव क्षेत्र भनिएको ३ नम्बरलाई तीन दशकपछि तोडेका छन् ।

गठबन्धनबाट मेयरको उम्मेद्वार भोजराज सिटौला सोही वडाको वडाध्यक्ष थिए । गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार बनेका सिटौलाको पडक वडा मानिएको वडा नं. ३ कांग्रेसले जित्ने दावी गरेको थियो ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  २ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]