बैशाख १२, २०८१ बुधबार

झापामा गठबन्धनभित्र माओवादीलाई धोकैधोका

बिर्तामोड । झापाका अधिकांश पालिकामा गरिएको पाँच दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रलाई ठुलो धोका भएको छ । गठबन्धन पराजित भएका पालिकाहरुमा समेत माओवालीले बराबर मत नपाएको परिणामहरु सार्वजनिक भएका छन् ।

झापाका प्र्रतिनिधिमुलक परिणामलाई विश्लेषण गर्ने हो भने परिणाम सन्तोषजनक प्राप्त नभएको माओवादी नेताहरुले प्रतिक्रिया दिइरहेका छन् । अधिकांश पालिकामा माओवादीलाई उपप्रमुख भागमा परेको थियो ।

बिर्तामोडमा बुधबार साँझसम्म गणना भएको २२ हजार ४६४ मतमा कांग्रेसबाट उम्मेद्वार बनेका भोजराज सिटौलाले ७४२८ मत प्राप्त गरेका छन् भने माओवादीबाट उपप्रमुखको उम्मेद्वार सीपी कडरियाले ४६३८ मत प्राप्त गरेका छन् । यस्तै, अर्जुनधारामा १७२६९ मत गणना हुँदा मेयरमा कांग्रेसले ७००२ मत प्राप्त गरेको छ भने माओवादीका उपमेयरका उम्मेद्वारले ४३३३ मत पाएका छन् ।

बुधबार साँझ ५ बजेसम्म मेचीनगरपालिकामा सम्पन्न भएको गणनामा कांग्रेसले मेयरमा ४८८९ र माओवादीले उपमेयरमा ३१०५ मत प्राप्त गरेका छन् । यस्तै, भद्रपुरमा बुधबार साँझसम्मको परिणाम अनुसार १०८८४ कांग्रेसबाट मेयरका उम्मेद्वारले पाए भने माओवादीबाट उपमेयरको उम्मेद्वारले ७७१५ मत ल्याए । जिल्लाभरको परिणाममा गठबन्ध सफल नभएको विश्लेषण भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]