बैशाख २०, २०८१ बिहीबार

गणतन्त्रवादीको एकता जरुरी देखियो

सम्पादकीय
झापाको १५ स्थानीय तहमध्ये ४ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । बैशाख ३० गते सम्पन्न निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक हुने क्रम जारी छ । झापाको कचनकवल, कनकाई, बाह्रदशी र हल्दिवारीको मत परिणाम सार्वजनिक भइसकेको छ । त्यस पालिकामा विजयी हुने उम्मेद्वारहरु अहिले मतदातालाई धन्यवाद दिन विजयी ¥याली गरिरहेका छन् । मतदाताको अमुल्य मत पाएका कारण विजयी भएका उम्मेद्वारले पहिलो चरणमा धन्यवाद मात्रै दिने बाँकी कार्यकाल भरी विकास र संमृद्धि दिनुपर्छ ।

परिणाम सार्वजनिक भएमध्ये मुख्य चर्चामा कचनकवल र हल्दिवारी रहेका छन् । कचनकवलमा राजावदीहरुको नेतृत्व मतदाताले अस्वीकार गरेका छन् भने हल्दिवारीमा राजावादीलाई नै स्वीकार गरिएको छ । कचनकवलमा नेपाली कांग्रेस र नेकपा एमालेको तालमेलले राप्रपालाई पराजित गरियो । अघिल्लो निर्वाचनमा बहुमत जितेको कचनकवल राप्रपाको गढको रुपमा स्थापित थियो । तर, जनताको लामो बलिदानबाट आएको परिवर्तको रक्षार्थ कांग्रेस, एमालेले राजसंस्थाको शुभेच्छुक पार्टीलाई हराइदिए ।

नेपालको विभिन्न आन्दोलनले जनताको शासनले स्थापित गरेको छ । गणतन्त्र र लोकतन्त्र प्राप्तीका लागि धेरैले बलिदानी दिए । त्यो बलिदानी फेरि राजसंस्थाको उदयका लागि होइन र थिए । दलहरुका अनेर्कौ कमिकमजोरी छन् । त्यसको मतलव राजा ल्याएर समाधान किमार्थ हुन सक्दैन । यसैले दल र त्यसका नेतृत्वमा सुधारको खाँचो छ । यता, हल्दिवारीका जनताले राजावादीलाई नै स्वीकार गरिएको विषय चर्चामा छ । गणतन्त्रका लागि जीवन दिनेहरुलाई त्यहाँका मतदाताले विर्सेका हुन् ? कि दलप्रतिको घृणा हो ? यसको समाधान फेरि पनि राजा होइन । यसैले दलहरुको लडाई, झगडाले पछिल्लो समय राजावादीहरु सल्बलाएका छन् । त्यसको प्रतिफल हल्दिवारीले प्राप्त गरेको छ । अब, सोच्नैपर्छ – नेपाली जनताले परिवर्तनको रक्षा गर्ने वा पुरानो व्यवस्था फर्काउने ?

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ६ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]