बैशाख २७, २०८२ शनिबार

इलामको देउमाई नगरपालिकामा एमाले विजयी

इलाम – देउमाई नगरपालिकाको मेयरमा नेकपा एमालेका सूर्य पोख्रेल र उपमेयरमा एमालेकै पविमाया राई विजयी हुनुभएको छ ।

एमालेका पोख्रेलल ८ हजार ६ सय ९५ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका होम दुलालले ७ हजार ६ सय २२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरका विजयी राईको आठ हजार पाँच सय ६३ मत छ ।

माओवादी केन्द्रका राम राईले भने पाँच हजार सात सय ६५ मत प्राप्त गर्नु भएको छ । पोख्रेल र राई २०७४ सालको चुनावमा पनि मेयर र उपमेयरमा विजयी हुनुभएकाे थियाे । ९ वटा वडा रहेको देउमाई नगरपालिकाको ५ वटा वडामा एमाले र ४ वटा वडामा कांग्रेस वडाध्यक्षमा विजयी भएका छन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार  ६ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]